हुन्डाई क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइसीइ सार्वजनिक,मूल्य कतिपर्छ ?
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आइसीइ (मेड इन नेपाल) को सार्वजनिक कार्यक्रम २४ मार्च २०२५ मा सोल्टी होटल, काठमाडौंमा सम्पन्न गरेको छ।
क्रेटा ईभी नेपाली बजारमा चारवटा भेरियन्टमा उपलब्ध भएको बताइएको छ । जसअनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट(ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार कायम गरिएको छ ।
हुन्डाईले नेपालले ग्राहकहरूको आवश्यकता र गतिशीलताअनुसार क्रेता ईभी र क्रेटा आईसीई दुई मोडलका गाडी बजारमा उपलब्ध गराएको जनाएको छ ।
२०२५ मा आयात गरिने आइस मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाख सम्म कम रहेको कम्पनीको दाबी छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङ को विशेष उपस्थिति रहेको थियो ।
हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको बताएको छ । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक स्थितिमा सहजता र सबै उमेरका ग्राहकलाई उपयुक्त हुने क्षमता कारण १०,००० भन्दा बढी ग्राहकहरूको रोजाइ र यात्रा सहायक बन्न सफल भएको कम्पनीले जनाएको छ । यसरी क्रेटा एसयुभी सेगमेन्टमा आफ्नो प्रमुख स्थान बनाउँदै अघि बढेको बताइएको छ ।
क्रेटा ईभीका मुख्य विशेषताहरू:
– २०० एमएम ग्राउन्ड क्लियरन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल (सेगमेन्टमा सबैभन्दा उच्च), जसले माइल्ड अफ-रोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ।
– ११ किलोवाट एसी चार्जिङ (सेगमेन्टमा मात्र उपलब्ध), जसले हाउसहोल्ड वाल-माउंटेड चार्जरबाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ।
– स्पेयर टायर उपलब्धता, जबकि अन्य धेरै ब्राण्डहरूले केवल रिपेयर किट मात्र उपलब्ध गराउँछन्।
– एडभान्स्ड सेफ्टी सुविधाहरू, जस्तै एडिएयस, ६ एयरब्याग , र ३६०-डिग्री क्यामेरा, जसले अधिकतम सुरक्षा र सुविधा प्रदान गर्दछ।
हुन्डाई नेपालले क्रेटा ईभीका लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटाआइसीइका लागि ३ वर्षको भेहिकल वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई लामो अवधिको भरपर्दो सेवा प्रदान गर्ने कम्पनीको दाबी रहेको छ।
एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरू उपलब्ध गराउँदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको बताइएको छ । प्रभावकारी बिक्री र उत्कृष्ट सेवापछि, हुन्डाई नेपाली उपभोक्ताहरूको पहिलो रोजाइको गाडी बनेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


