• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन १९, २०८२
आइतबार, साउन १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

कक्षा १२ को नतिजा यही साता सार्वजनिक हुँदै, तयारी अन्तिम चरणमा

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ५. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • ७. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • ८. मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

काठमाडौं । बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको बताइएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। सन् २०२४ मा १४३औं स्थानमा थियो। सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको जनाइएको छ।

गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो। बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।

कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो। यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको बताइएको छ। जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार, बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। कम्पनी “प्रविधिमा-आधारित, इनोभेसन केन्द्रित” दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धी हासिल गर्न सफल भएकोमा विश्वास गर्छ।

सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको जनाइएको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ। आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको जनाइको छ ।

यो वर्षको पहिलो ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको बताइएको छ। कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नुलाई मानेको जनाएको छ। कम्पनीका अनुसार यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बीवाईडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो। आजको दिनसम्म बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध रहेको बताइएको छ।

बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थितिमार्फत बीवाईडीले ” कुल द अर्थ बाइ १ डिग्री सेल्सियस ” महत्त्वपूर्ण लक्ष्यसहित दिगो विकासका लागि प्रयत्नहरु जारी नै राख्ने कम्पनीले जनाएको छ।

  • Byd
  • इलेक्ट्रिक
  • बीवाईडी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँको तरलता तान्ने
प्रतितोला तीन हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा

२०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
  • महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी
  • कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ
  • नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
  • कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.