सूर्यकुण्ड हाइड्रोले पुस ९ देखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको हो । स्वीकृतिअनुसार ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागिएको छ ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाबासीले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि पुस २३ गतेसम्म आवेदन खुला रहनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ । आईपीओलाई केयर रेटिङ्ग्स नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
आयोजना प्रभावितले दुप्चेश्वर गाउँपालिकास्थित आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको खैरनिटार शाखा तथा काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट दरखास्त फाराम प्राप्त गरी बुझाउन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


