सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
काठमाडौं । महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै तयार गरिएको भक्ति गीत ‘ शिव भन्दा भन्दै ’ मंगलबार सार्वजनिक गरिएको छ । शिव भक्तिको भाव, आस्था र आध्यात्मिक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको उक्त गीतमा गायक सन्तोष खत्री र गायिका निशा के.सी.को आवाज रहेको छ । उक्त गीतको शब्द तथा संगीत रामजी पौडेलले तयार पारेका हुन्, भने भिडियोमा ब्रिटिश पौडेल, मनिषा सापकोटा, विनोद खत्री, राधा खत्री, पुष्पा खत्री, स्नेहा शर्मा, जयराम तिमिल्सिना र स्वतिका तिमिल्सिनाको अभिनय रहेको छ ।
यस्तै, उक्त गीतको भिडियोको निर्देशन, सम्पादन तथा एरेञ्जरमा तारानाथ आचार्य रहेका छन्, भने छायांकन र ड्रोनमा अनिल कार्की र कलरमा सुवास अमागाई रहेका छन् । उक्त गीत डिजिटल स्टार रेकर्डिङग् स्टुडियो प्रा।लि। मा रेकर्ड गरिएको हो, भने गीतको मिक्सिङग् खडक बाजुरालीले गरेका छन् र श्रृगारमा विनिता गुरुङ रहेकी छिन् । त्यसैगरी, उक्त गीतको भिडियोमा मिडिया पार्टनरको रुपमा जन अपडेट र क्लिक बुलेटिन रहेका छन् । उक्त गीतको भिडियो सन्तोष खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
उल्लेखनीय विषय के छ भने ‘ शिव भन्दा भन्दै ’ सन्तोष खत्रीको सम्भावित अन्तिम गीत हुन सक्ने चर्चा चलेका कारण पनि गीतप्रति दर्शक तथा श्रोताहरुको चासो अझ बढेको देखिन्छ । यद्यपि, यस विषयमा औपचारिक पुष्टि भने गरिएको छैन, तर यहीँ सम्भावनाका कारण गीत भावनात्मक रूपमा अझ प्रभावकारी बनेको प्रतिक्रिया सामाजिक सञ्जालमा देख्न सकिन्छ । शिवको नाम जप्दै जीवनका अनुभूति, विश्वास र आस्थालाई सरल र भावनात्मक ढंगले प्रस्तुत गरिएको यो गीत महाशिवरात्रीको सन्दर्भमा विशेष अर्थपूर्ण बनेको छ । धेरै दर्शक तथा श्रोताहरुले गीतलाई शान्त, भक्तिभावले भरिएको र सुन्ने बित्तिकै मन छुने खालको भएको प्रतिक्रिया दिएका छन् । गीतको भिडियो पक्ष पनि प्रभावशाली तरिकाले तयार पारिएको छ ।
उक्त गीतको भिडियोमा श्रद्धा, भावना र दृश्य सौन्दर्यलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको छ, जसले गीतको मर्मलाई राम्रोसँग उजागर गरेको प्रतिक्रिया दर्शकहरूबाट प्राप्त भइरहेको छ । संगीत संयोजनले गीतको भावनालाई थप प्रभावशाली बनाएको प्रतिक्रिया संगीतप्रेमीहरूबाट आइरहेको छ । गीतले दर्शक तथा श्रोताहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ, भने सामाजिक सञ्जालमा पनि गीतको चर्चा बढ्दै गएको देखिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा भक्तिमूलक संगीत मन पराउने दर्शक तथा श्रोताहरुमाझ यो गीतले थप स्थान बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

