• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २४ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

ब्यबसायिक बाख्रा पालन गर्ने सजिलो तरिका

admin २०७६, असार, १८

  बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने भए पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन ।

फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ/खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

खोर र गोठ व्यवस्थापन :
बाख्रा लाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटर को ठाँउ पुग्ने गरी , जमिनबाट १ मिटर उठाई १/२”को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो बनाउनु पर्छ ।

बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।

आहारा व्यवस्थापन :
बाख्राबाट अपेक्षित फाईदा लिन यिनिहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०–८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ ।

पाठापाठीको राम्ररि हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि. सम्मशारिरक तौल पाईएको छ । बाख्राहरूलाई दाना बनाउदा घरमै पाईने मकै, भटमास, गहुँको चोकर वा धान (अन्नवाली) ७२ भाग, पिना गेडागुडी २५ भाग, नून १ भाग र लवणहरूको मिश्रण २ भाग राखी बनाउन सकिन्छ ।

बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४–६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिने अनुसन्धानबाट थाहा भएको छ ।

प्रजनन व्यवस्थापन :
बाख्राहरू वर्षमा २ पटक व्याउने तथा वाली लाग्ने गर्दछन्, खासगरी अश्विनरकार्तिक, फागुनरचैत्र यिनिहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा अण्डा र बोका हरूमा शुक्रकिट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन गराउँदा शारीरिक अवस्था राम्रो भएको छनोट गरी नजिकको नातामा प्रजनन गराउनु हुँदैन ।

यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ ।

बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटा सम्म बाख्रा मात्र राख्नु पर्छ ।

एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ ।

नवजात पाठापाठीलाई ३/४ पटक दैनिक बिगौति दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ ।

करिब ७/८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ ।

बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ ।

प्रजनन्को लागि बोका बाख्रा छनौट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्यबाट छनौट गर्नु पर्दछ ।

प्रजनन् योग्य बोका बाख्रा नार्कको फर्महरू र जिल्ला पशु सेवा कार्यालयद्वारा स्थापित स्रोत केन्द्रबाट पाउन सकिन्छ ।

स्वास्थ्य व्यवस्थापन :
बाख्राहरूलाई बाहय तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको फरकमा बाहय तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डेन्चिङ गराउनु पदर्छ । डिपिङ्गको लागी ०.२५–०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाईदिने वा डिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।

त्यसै गरी आन्तिरिक परजिविको लागी अलबेन्डाजोल, फेन्बेन्डाजोल ९५–७.५ एम.जि.र प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई ९१ एम एल र प्रति ३० के.जि. शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा आन्तिरीक तथा बाहय दुवै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक रोग पिपिआर, एचएस, खोरेत, इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वस्थ राखी अधिकतम फाईदा लिन सकिन्छ ।

यमुना कुमार श्रेष्ठ, वरिष्ठ वैज्ञानिक (एस ४)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.