• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ४. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

सुगर देखि दम रोगीका लागि अति उपयोगी दालचिनी

दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ । दालचिनी हाम्रो भान्छामा सजिलै पाइने मरमसला हो । यसलाई प्रायस् चियामा हालेर खाने गर्दछ । यसमा फाइबर, क्याल्सियम तथा आइरनको मात्रा बढी हुने गर्दछ । यसले विभिन्न परिकार स्वादिलो बनाउने मात्रै होइन, विभिन्न रोगबाट बचाउने तथा उपचारको काम पनि छन् ।

आयुर्वेदिक, यूनानी र चाइनीज मेडिसिन बनाउन दालचीनीको प्रयोग हजारौँ वर्ष देखि भैइरहेको छ । आज पनि यसलाई कयौँ रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।

आयुर्वेदिक एक्सपर्टका अनुहार, दालचीनीको यी ५ उपचार विधि चर्चा गरिएको छ र साथै दालचीनीको प्रयोग कुनै पनिले किसिमले गर्दा फाइदाजनक हुन्छ ।

दालचिनीका फाइदाहरु :

दालचिनीको प्रयोगले ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ । यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ ।

दालचिनीले एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, दालचिनी पाउडर महमा मिसाएर पेस्ट बनाई खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । यसबाट हृदयघातको जोखिम कम हुन्छ ।

अपच, ग्यास्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ । यस्तो समस्या भएका व्यक्तिले हरेक दिन एक गिलास पानीसँग आधा चमच दालचिनी पाउडर खाएमा राम्रो हुन्छ । पेटमा हुने इनफेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ ।

दालचिनी पाउडरको लेप जोर्नीहरुमा लगाउँदा जोर्नी दुख्ने समस्या कम हुने गर्छ ।

दालचिनीको प्रयोग क्यान्सरको उपचार तथा क्यान्सर हुनबाट रोक्का लागि पनि प्रयोग गर्ने गरिएको छ । यसमा क्यान्सर सेलको विकास तथा बिस्तारलाई रोक्ने क्षमता हुने अध्ययनहरुले देखाएका छन्।

दालचिनीको प्रयोगले शरीरमा रक्त सञ्चार नियमित हुने गर्छ । यसले गर्दा मेटबोलिजम रेट बढ्छ, जसले मोटोपन कम गर्न सहयोग मिल्छ ।

दालचिनीलाई विश्वका ७ उत्कृष्ट एन्टिअक्सिडेन्ट मध्ये लिने गरिएको छ । यसको प्रयोगले शरीरमा रहेका मृत कोष हट्ने र छालाको सुन्दरता राम्रो हुन्छ ।

यस्तै यसमा हुने एन्टिब्याक्टेलिय गुणले दाँत तथा गिँजालाई स्वस्थ राख्न सहयोग गर्छ । दालचिनीको पाउडरले दाँत मसाज गरेमा दाँत तथा गिँजा सम्बन्धी समस्या कम हुन्छ ।

चिसो लागेको वा रुघाखोकी लागेको अवस्थामा एक चमचा दालचिनी पाउडरलाई एक गिलास पानीमा उमालेर पिउँदा फाइदा हुन्छ ।

दमका रोगीहरुका लागि दालचिनीको प्रयोग फाइदाजनक छ भने मस्तिष्कका लागि पनि दालचिनी उपयोगी हुने देखिएको छ । यसको प्रयोगले स्मरण शक्ति बलियो हुने अध्ययनहरुबाट देखिएका छन् ।

अल्काईको रोगमा :

दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।

रुघाखोकी ज्वरोमा :

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठीक हुन्छ ।

दम खोकीमा :

आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहानर दिउँसोर वेलुका खाने गरेमा ठिक हुन्छ ।

चिसोले कपाल दुखेमा :

दालचिनी र मरिचको लेप बनाएर विहानरवेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

घाँटी बसेमा :

सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।

कोलस्टेरोल घटाउन :

दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।

खोकीसंग जोडिएको दालचिनीको यस्तो छ सम्बन्ध :

उमालेको दालचिनी पानीलाई कपडाले छान्ने र दिनमा दुई पटक त्यो पानी पिउने ।

केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।

दालचिनीलाई राम्रोसँग पिसेर धुलो बनाउने ।

एक चम्चा दालचिनीको धुलोलाई एक कप पानीमा मिसाउने र राम्रोसँग उमाल्ने ।

दालचिनीलाई महसँग मिसाएर खाँदा यी रोगसंग लड्न सहायता पुग्छ

क्यान्सर :

दिनदिनै तातोपानीका साथ दालचिनीको धूलो र मह खाँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । यसले शरीरलाई क्यान्सर सेल्ससँग लड्न सहायता पुग्छ ।

रुघाखोकी :

जाडोमा रुघाखोकी र ज्वरो भगाउनका लागि दालचिनीको धूलो, मह र मरिच मिसाएर खानुहोस् । यसले रोग हटाउनुका साथै शरीरमा ऊर्जा प्रदान गर्छ ।

अल्सर :

दालचिनी महमा मिसाएर खाँदा बान्ता, छेर, अपच, ग्यास, पेट दुखेको, एसिडिटी जस्ता समस्या भगाउँनुका साथै अल्सर पनि निको बनाउँछ ।

मोटोपन :

एक गिलास पानीमा एउटा सानो चम्चा दालचिनी र मह उमालेर दिनदिनै पिउँदा कोलेस्ट्रोल दुईगुणा घट्छ । दिनदिनै यसको चिया खाँदा तौल कम गर्न सहायता पुग्छ ।

टाउको दुखेको :

टाउको दुखेको निको पार्न दालचिनी र तेजपातलाई पिँधेर चामलको पीठोमा हालेर सुँघ्नुहोस् । त्यसबाहेक त्यसमा केही थोपा तेल हालेर टाउको मालिश गर्दा पनि पीडा कम हुन्छ ।

मुटुरोग :

मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नुहोस् । रोटीमा दलेर वा चियामा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।

सुन्निएको :

छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुहोस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नुहोस् ।

जोर्नी र घुँडामा पीडा :

एक महिनासम्म दुईचोटि तातोपानीमा दालचिनी र मह हालेर पीडा भएको ठाउँमा मालिश गर्दा पीडा गायब हुन्छ ।

(एजेन्सी र विभिन्न अनलाईनमा प्रकाशित स्वास्थ्य सम्बन्धी लेखबाट । )

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.