• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २०, २०८२
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा

‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने

करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

एभरेष्ट बैंकको १३३औँ शाखा महोत्तरी बर्दिबासमा

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

रामतोरीया अर्थात भिन्डी खेती गर्ने प्रविधि सिकौं

रामतोरीया एक प्रकारको तरकारी हो । भिण्डी उष्ण तथा उपोष्ण क्षेत्रको तरकारी वाली हो । यस समूहका वालीहरुलाई गर्मी आदर्ता हावापानी र घाम लाग्ने मौसमको आवश्यकता पर्दछ । यसले तुषारो विल्कुलै सहन सक्तैन । यसको वोटको वृद्धि, फुल्ने तथा फल्नको लागि २५–३० डि. से. तापक्रम उपयुक्त मानिन्छ ।

१. भिण्डी फल सकेसम्म ताजामै प्रयोग गर्नु उपयुक्त हो तर भण्डारण गर्नुपर्ने वखतमा कस्तो तापक्रम र आर्दतामा भण्डारण गर्न सकिन्छ ?
भिण्डी सकेसम्म ताजामा नै खाइेन विक्री गर्ने चलन छ तर विक्रीको समस्या भएको खण्डमा ७–८ डि.से. तापक्रम तथा ८५–९०% सापेक्षित आर्दतामा १२–१५ दिनसम्म भण्डारण गर्न सकिन्छ।

२. कहिले काँही भिण्डी खेतीमा पुरै सेतो धुलोले ढाक्नु र बिरुवा क्रमशः सुक्दै जान्छन् किन ? यसको रोकथाम कसरी हुन्छ ?
यो ढुसीबाट हुने रोग हो । पातको तल्लो सतहमा सेतो वा कैलो रंगका थोप्लाहरु देखिन्छन् पछि गएर डाँठमा समेत सेतो खरानी जस्तो ढाक्दछ । यसको व्यवस्थापन क्याराथेन २–३ मि.लि.प्रति लिटर पानीमा मिसाई पातहरु राम्ररी भिज्ने गरी छर्नुपर्दछ ।

३. भिण्डी बालीमा अन्तरवाली लगाउन उपयुक्त होलारनहोला ? अन्तरवाली लगाउदा कस्ता वालीहरु छनौट गर्नुपर्दछ ?
भिण्डी वालीमा अन्तरवाली लगाउने चलन त्यति छैन तर लगाउन भने सकिन्छ।खासगरी वर्णशंकर काउली, बन्दा, मूला साथै प्याज, लसुन, मेथी, सुप, धनियाँ जस्ता वाली लगाउदा गोडमेलको काम पनि साथ साथै हुने र रोग कीराको आक्रमणलाई पनि न्यून गर्ने काम गर्दछ।

४ . अर्का अनामीका जातमा विशेष के गुण मौजुद छ ?
यस जातमा पहेँलो मोज्याक रोग सहन सक्ने क्षमता हुन्छ र यसमा फल मध्यम हरियो रंग तथा ५ वटा डील भएको हुन्छ । ५–६ आख्ला भएपछि फल लाग्न शुरु गर्दछ । नेपालको तराई, मध्यपहाड र उच्च पहाड सम्म लगाउन सकिने भनी सिफारीस गरिएको छ ।

५. पहेँलो मोज्याक रोग सहन सक्ने जात कुन कुन हुन् ?
भिण्डीको पार्वती जातले पहेँलो मोज्याक रोग सहन सक्तछ । यसको उत्पादन सरदर वढी हुने र यो अगौटे जात पनि हो ।

६. पुयस जातका वोटहरु टाढा १.५. देखि २ मीटरसम्म अग्ला, झुस नभएका र हाँगा कम लाग्ने खालका हुन्छन् । पात र हाँगा आउने जोर्नीमा रातो देखिन्छ । फल गाढा हरियो रंगको हुन्छ।सा सावनी जातको विशेषता के हो ?
यस जातका वोटहरु टाढा १.५. देखि २ मीटरसम्म अग्ला, झुस नभएका र हाँगा कम लाग्ने खालका हुन्छन् । पात र हाँगा आउने जोर्नीमा रातो देखिन्छ । फल गाढा हरियो रंगको हुन्छ।

७. नेपालमा खेती गरिएका उन्नत जातहरु कुन कुन हुन् ?
नेपालमा खेती गरिएका प्रमुख जातहरुमा पुसा सावनी, पार्वती र अर्का अनामिक हुन् ।

८. प्रति रोपनी जमीनबाट कति उत्पादन लिन सकिएला ?
भिण्डी वालीको उत्पादन यसको जात र व्यवस्थापकीय पक्षमा निर्भर गर्दछ तै पनि प्रति रोपनी १०००–१२०० के.जी. उत्पादन भएको पाईन्छ ।

९ . टाढाको बजारमा पठाउने भिण्डी फल के मा प्याकिङ्ग गर्दा राम्रो हुन्छ ?
टाढा वजारमा विक्रीको लागि पठाइने भिण्डीफल प्लाष्टिक क्रेट वा कागजको कार्टुनमा प्याकिङ्ग गरेर ढुवानी गर्नु उपयुक्त हुन्छ ।

१० . फल कुन समयमा टिप्न उपयुक्त हुन्छ र टिपी सकेपछि कस्तो ठाउँमा राख्नुपर्दछ ?
भिण्डी फल सकेसम्म वेलुकीपख टिप्नु उपयुक्त हुन्छ । फल टिप्दा सकेसम्म सिकेचरले टिप्नु राम्रो हुन्छ । यदि सिकेचर नपाएमा लाग्ने हसियाले टिप्न सकिन्छ । फल टिपी सकेपछि छायादार स्थानमा राख्नु पर्दछ ।

११. भिण्डीको ग्रेडिङ्ग कसरी गरिन्छ ?
फलको लम्बाईको आधारमा भिण्डी फललाई ग्रेडिङ्ग गरिन्छ । ६–८ से.मी. लामा कोसा टाढाको वजारका लागि छनौट गरिन्छ भने सो भन्दा लामो वा छोटा कोसाहरु स्थानीय वजारको लागि छुट्याउन सकिन्छ ।

१२. भिण्डी फल कस्तो अवस्थामा टिप्नु पर्दछ ?
भिण्डीफल कोसा नछिप्पिएको कलिलो अवस्थामा नै ताजा उपभोगको लागि टिप्नु पर्दछ । ढिला गरी टिपेमा भिण्डीको गुणस्तर घट्दै जान्छ अतः वालीको टिप्ने अवस्था पहिचान गरी वेलैमा टिप्नु पर्दछ ।

१३. फड्के कीरा लागेको कसरी थाहा हुन्छ ? यसबाट वच्न के उपाय छ ?
भिण्डी वगैँचा जाँदा फड्के कीराहरु यताउता उफ्री रहेका हुन्छन् । वयस्क तथा लाभे्र दुवैले पातको सतहमा बसेर रस चुस्दछन् । यसको बढी आक्रमणले पातको किनाराबाट पँहेलिन्छ र खुम्चियर पातमा कालो ढुसी वस्दछ । यस वाट वच्नको लागि थायोडान वा मालाथायन १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई १० दिनको फरकमा हुनुपर्दछ ।

१४. छिर्के गवारोले भिण्डीमा कसरी नोक्सानी पू¥याउँछ ? यसको रोकथाम कसरी गर्नुपर्दछ ?
छिर्के गवारको वयस्क तथा लाभ्रे दुवैले नोक्सान पुर्याउँछन् । लाभ्रेले विरुवाको मूना, कोपिला, फूल, चिचिला र फलमा प्वाल पारी नोक्सानी गर्दछ तर प्रकोप वढी भएमा साईपरमेथ्रिन विषादी १–२ मि।लि। प्रति लिटर पानीमा मिसाई २–३ पटक छर्नु पर्दछ ।

१५. भिण्डीको पात पहेलिने रोग के कारणले लाग्दछ ? यसबाट वच्न कस्ता उपायहरु अवलम्बन गर्न जरुरी हुन्छ ?
यो भाइरसवाट उत्पन्न हुन खतरनाक रोग हो । पहिले पातका नसाहरु पहेँला देखिन्छ र पछि गएर पुरै पात पहेँलिन्छ । फलहरु साना र विकृत हुन्छन् । यसका रोकथामको लागि रोगी वोट उखेलेर गाडी दिने वा जलाई दिने, रोग अवरोधक जात पार्वती, अर्का अनामीका लगाउने र सेता झिँगा नियन्त्रण गर्न १ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

१६. भिण्डी खेतीमा मल्चिङ्ग (छापो) दिँदा कुन कुन सामाग्री प्रयोग गर्न सकिन्छ ?
दोस्रो पटकको टपड्रेसगरी सकेपछि पराल, घाँस पातले मल्चिङ्ग गर्दा त्यसपछि आउने झारपातको नियन्त्रण तथा चिस्यान कायम राख्ने काम गर्दछ ।

१७. भिण्डीबालीमा उप्केरा दिन किन जरुरी हुन्छ ?
गर्मी याममा विरुवा वरीपरी माटो चडाउने व उकेरा दिने कार्य गर्नु पर्दछ जसले गर्दा जरालाई सुख्खा हुनवाट वचाउँदछ।त्यस्तै वर्षातको समयमा पानी जम्ने डर भएमा पनि उकेरा लगाउदा पानी निकास भई जात सजिलो पर्दछ ।

१८. भिण्डी वालीमा कुन अवस्थामा सिचाईको बढी महत्व हुन्छ ?
गोडमेल पछि सिचाईको आवश्यकता पर्दछ । माघ महिनामा रोपेको भिण्डी वालीमा वढी सिचाईको आवश्यकता हुन्छ । वाली अवधिभरमा ५–७ पटक सम्म सिचाई गर्नु पर्दछ ।

१९ . बीउ रोपेको कति समय पछि टप ड्रेसिङ्ग गर्न उपयुक्त हुन्छ ?
वीउ रोपेको करीव १ महिनापछि हल्का गोडाई गरी आधा भाग यूरिया तथा पहिलो टप ड्रेसिङ्गको करीव १ महिनापछि दोस्रो गोडाई गरेर बाँकी यूरिया टपड्रेसगरी सिचाई दिनु पर्दछ।

२०. बीउ रोप्ने दूरी हिउँद र वर्षामा फरक पर्दछ ?
हिउँदे खेतीको लागि लाईन देखि लाईनको दूरी ५० से.मि. र बोट देखि वोटको दूरी ३० से.मी. सम्म जरुरी हुन्छ ।

२१. प्रति रोपनी जमीनमा भिण्डी खेती गर्दा कति बीउ प्रयोग गर्नुपर्दछ ?
भिण्डी खेती गर्दा मौसम हेरी ५००–१००० ग्राम प्रति रोपनी वीउको आवश्यकता पर्दछ । वर्षातको समयमा ५००–६०० ग्राम वीउ भए पुग्छ भने हिउँदमा गरिने खेतीमा १ के।जी। सम्म जरुरी हुन्छ ।

२२. भिण्डी खेती गर्दा जग्गाको तयारीमा कत्तिको ध्यान दिनु जरुरी छ ?
यसको खेती गर्दा करीव ३०–३५ से.मी. गहिरो गरी जोत्ने, २–३ हप्ता अगाडी नै जमीन तयारीको वेला, डि.ए.पी. र पोटास तथा यूरियाको आधा भाग जग्गाको अन्तिम तयारीको वेला तथा आधा भाग यूरिया विरुवा उम्रेर हुर्कन लागेको वेला र वाँकी भाग फूल फूल्न थालेपछि वोट वा वरीपरी हाल्नु पर्दछ ।

२३. भिण्डी खेतीमा मलखाद कसरी प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ ?
मलखाद प्रयोग गर्दा गोवररकम्पोष्ट मल वीउ रोप्नु भन्दा २–३ हप्ता अगाडीनै जमीन तयारीको वेला, डि.ए.पी. र पोटास तथा यूरियाको आधा भाग जग्गाको अन्तिम तयारीको वेला तथा आधा भाग यूरिया विरुवा उमे्र हुर्कन लागेको वेला र वाँकी भाग फूल फूल्न थाले पछि वोट वा वरीपरी हाल्नु पर्दछ ।

२४. व्यवसायिक खेतीको लागि मलखादको मात्रा कति दिनुपर्दछ ?
यसको राम्रो उत्पादन लिनको लागि प्रति रोपनि कम्पोष्ट मल १००० के.जी., यूरिया १० के.जी., डि.ए.पी., ७ के.जी. तथा म्यूरेट अफ पोटास ३ के.जी. दिनु पर्दछ । यस मध्ये यूरियाको आधा भाग दुई पटक गरेर टप ड्रेस गरिन्छ ।

२५. भौगोलिक क्षेत्र अनुसार वाली लगाउने समय र जातहरु के के छन् ?
भौगोलिक क्षेत्र अनुसार वाली लगाउने समय फरक पर्दछ । तराईमा माघ देखि आषाढ सम्म मध्यपहाडमा फाल्गुण देखि आषाढ सम्म तथा उच्च पहाडमा वैशाख देखि जेष्ठ सम्म लगाईन्छ तर उच्चहाडमा भिण्डी खेती त्यति राम्रो हुँदैन । हाल नेपालमा पुसा सावनी, पार्वती तथा अर्का अनामीका जातहरु प्रसिद्ध छन् ।

२६ .यसमा रहेको चिल्लो पदार्थ के के मा प्रयोग गर्न सकिन्छ ?
यसमा प्राप्त हुने डाँठ र जराको चिल्लो पदार्थ सख्खर उत्पादन, उखुको रस सफा गर्न र कागज उद्योग पनि प्रयोग गरिन्छ ।

२७. भिण्डीको सेवनबाट धेरै रोगहरुबाट बच्न सकिन्छ भनिन्छ ती कुन कुन हुन् ?
यसको सेवनवाट कोलेस्टारको मात्रा घटाउने, रक्तचाप कम गर्ने, आँखाको रेटिनालाई स्वस्थ राख्ने, पाचन प्रणाली सुचारु राख्ने, कब्जीयत हुनवाट वचाउने तथा क्यान्सर हुने खतरावाट समेत वचाउने वताईएको छ ।

२८. भिण्डीको प्रयोग कुन कुन रुपमा प्रयोग गर्न सकिन्छ ?
कलिलो फल तारेर वा तरकारी पकाएर खाने गरिन्छ । यसको सूप पनि वनाइन्छ र खुवै स्वादिष्ट हुन्छ । डाँठ र जराको चिल्लो पदार्थ शख्खर वनाउन प्रयोग गरिन्छ ।

२९ . भिण्डीमा प्राप्त हुने मुख्य मुख्य सक्रिय तत्वहरु कुन कुन हुन् ?
यसमा प्रोटिन, भिटामीन ए, वी, सी, क्याल्सीयम, फस्फोरस, वीटा–क्यारोटीन, ल्युटिन रेशा आदि प्रशस्त मात्रामा उपलब्ध हुन्छन् ।

३०. भिण्डी खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
प्राङ्गारिक पदार्थ प्रशस्त भएको, मलिलो, वलौटे दोमट माटो सवै भन्दा राम्रो मानिन्छ । माटोको पि.एच. मान ६–६.८ सम्म भएमा उत्पादन राम्रो हुन्छ ।

स्रोत : संक्षिप्त प्राविधिक ज्ञान

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा
    देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
    एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

    २०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा

    ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने
    • २०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा
    • ‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
    • करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.