यस्तो चामलले क्यान्सरको खतरा बढाउन सक्छ
चामल विश्वकै प्रमुख खाद्यवस्तु हो । अन्य अन्नबालीहरुको तुलनामा चामलमा उच्च मात्रामा आर्सेनिक रहेको हुन्छ । बढी आर्सेनिक भएको चामलले फोक्सोकोे क्यान्सर र पत्थरीको क्यान्सर निम्त्याउँछ । धेरैजसो क्यान्सरहरु वातावरणीय कारणले हुन्छ भने केही क्यान्सरहरु आनुवंशिक कारणले हुन्छ । आर्सेनिक प्राकृतिक रुपमा पाइने एक धातु तत्व हो । आर्सेनिक पानी, हावा र माटोमा पाइन्छ र यसको केही मात्रा अन्नबालीहरुले विकास हुने क्रममा लिएका हुन्छन् ।
आर्सेनिकलाई इनअर्गानिक र अर्गानिक गरी दुईवटा क्षेत्रमा विभाजन गरिएको छ । अर्गानिक आर्सेनिक रसायनका रुपमा हुन्छ , जो धान उब्जने ठाउँमा भेटिदैन । तर इनअर्गानिक आर्सेनिक विषयुक्त रुपमा हुन्छ । नयाँ अध्ययनका अनुसार सेतो चामलको तुलनामा खैरो चामलमा बढी आर्सेनिक हुन्छ, भने यी दुवै चामलको तुुलनामा बासमती चामलमा धेरै कम मात्रामा आर्सेनिक रहेको हुन्छ । तसर्थ हाम्रो स्वास्थ्यको लागी बासमती चामल खानु उपयुक्त हुन्छ । अन्य चामलको उपयोग गर्दा त्यसमा रहेको आर्सेनिक हटाएर उपयोग गर्न सकिन्छ । चामलमा रहेको आर्सेनिकको मात्रा घटाउन पहिला चामललाई पाँच मिनेट सफा पानीमा उमाल्नुपर्छ र उक्त चामललाई पुनः सफा पानी प्रयोग गरी पकाउनुपर्दछ । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

