थप १२० जनामा कोरोना संक्रमण, ८५ डिस्चार्ज
जानकारी केन्द्र
२०७७, चैत्र, १२
पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) बाट थप १२० जनामा संक्रमण देखिएको छ। २८ सय ९१ स्वाब परीक्षण गराउँदा १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ८५ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या आजसम्म ३ हजार २० पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै ५५ जना क्वारेन्टाइन र १२ सय १७ जना आइसोलेसनमा छन्।बुधबार १४५ जनामा कोरोना संक्रमण देखिएको थियो भने १ जनाको मृत्यु भएको थियो।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

