Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

नेपालमा थप १५६ जनामा कोरोना पुष्टि, ४ जनाले गुमाए ज्यान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, १३
नेपालमा थप १५६ जनामा कोरोना पुष्टि, ४ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ४ सय १६ पीसीआर परीक्षणमा शुक्रबार थप १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ ।

हालसम्म देशभर २२ लाख ५६ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १ हजार २९९ रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स