नयाँ भेरिएन्टको कोरोना देखिएसँगै डा. अनुप सुवेदीको चेतावनी
काठमाडौं । पछिल्लो पटक कोभिड-१९ डर लाग्दो तवरले फैलिने अवस्था आएको डा. अनुप सुवेदीले बताएका छन् । डाक्टर सुवेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस पटकको कोभिड उपचार गर्न कठिन हुने समेत चेतावनी दिएका छन् । ट्वीटर थ्रेडमा उनले यस पटक मृत्युदर बढी देखिने समेत बताएका छन् । नेपालमा कोरोना संक्रमणका कारण तीन हजार ३८ जनाको मृत्यु भइसकेको छ ।
‘यस पटकको उपचारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उपचारमा भन्दा बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ,’ उनले भनेका छन् । उनले पछिल्लो पटकको लहरमा मृत्युदर बढ्न सक्ने सम्भावनाका केही कारण समेत प्रस्तुत गरेका छन् ।
डा. सुवेदीले प्रस्तुत गरेका कारणहरु यसप्रकार छन्;
नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ । गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन् । त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ ।
पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो । एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो । त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरुबेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो, र त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो होला ।
अहिले स्थिति उल्टो छ । ऐतिहासिक वायु प्रदूषणले सबैको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य बिग्रेको छ, अस्पतालमा श्वासप्रश्वासका समस्या लिएर आउनेको चाप निकै बढेको छ । श्वास प्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागे दोहोरो समस्याको मार पर्ने देखिन्छ । कोभिड र प्रदूषणबाट पनि बच्न सर्जिकल मास्क हैन, एन-९५ मास्क नै लगाउनुपर्छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

