भारतमा कोरोनाबाट एकै दिनमा ८८० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ८ सय ८० जनाको भारतमा कोरोनाबाट मृत्यु भएको छ। १ लाख ६० हजार कोरोना संक्रमित थपिएका छन् । केही दिनयता निरन्तर संक्रमित बढ्दै आएको भारतमा कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार पुगेको छ। यस्तै‚ त्यहाँ पछिल्लो २४ घण्टामा ८ सय ८० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थपिएकासहित भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार पुगेको छ।
टर्कीमा पछिल्लो २४ घण्टामा ५४ हजार ५ सय कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ अमेरिकामा ५१ हजार ५ सय, ब्रजिलमा ३८ हजार ६ सय, इरानमा २३ हजार र अर्जेन्टिनामा १९ हजार ४ सय संक्रमित थपिएको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ब्रजिलमा १ हजार ७ सय ३८, अमेरिकामा ४ सय ५०, फ्रान्समा ३ सय ८५ र इटलीमा ३ सय ५८ सहित विश्वभर साढे ८ हजारभन्दा बढीको मृत्यु भएको छ।
विश्वभर हालसम्म १३ करोड ७२ लाख मानिसमा कोरोना संक्रमण पुष्टि हुँदा २९ लाख ५८ हजार मानिसको मृत्यु भएको छ। ११ करोड ४ लाख मानिस संक्रमणमुक्त भएका छन्।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

