आजबाट कोरोना खोपको दोस्रो डोज
जानकारी केन्द्र
२०७८, बैशाख, ७
आजबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । खोप अभियानका सुरुवातमा पहिलो डोजको खोप लगाएकालाई मंगलबारबाट दोस्रो डोज खोप दिन लागिएको हो ।
नेपालका माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सुरुमा कोरोना रोकथाम नियन्त्रणमा फ्रन्ट लाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप दिइएको थियो ।
भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप नेपाल आएपछि नेपालमा खोप अभियान सुरु भएको थियो । गत माघ १४ देखि फागुन १० सम्म पहिलो खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका
कर्मचारी लगायतलाई ११ गतेसम्म दोस्रो मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

