Jankari Kendra
१ आश्विन २०८३, बिहीबार
Worldlink

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २६
भारतमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या घट्दो क्रममा रहेपनि आज केहि बढेको छ । हिजो ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएकोमा आज ४२ हजार ६४८ जनामा संक्रमण देखिएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६१ हजार ७०० रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २०६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण कुल मृतकको संख्या ४ लाख ७ हजार १७३ पुगेको छ ।

कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा २ करोड ९९ लाख २५ हजार बढीले कोरोना जितेका छन् । ती मध्ये ४५ हजार १५९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । हालसम्म भारतमा ३ करोड ७ लाख ९४ हजार बढी कोरोना संक्रमित भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स