• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • ६ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • ७ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • ८ घण्टा 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • १ दिन 

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
  • १ दिन 

एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • ४. मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह

  • ५. एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान

  • ६. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • ७. ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने

  • ८. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • ९. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • १०. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

जोन्सन एन्ड जोन्सन खोपमा दुर्लभ समस्या : के भन्छन् नेपाली विज्ञ ?

admin २०७८, श्रावण, १

काठमाडौं । कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोपको लेबलमा यसले नसासम्बन्धी दुर्लभ समस्या ‘गिलान बारे सिन्ड्रोम’ निम्त्याउन सक्ने सम्भावना रहेको अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले उल्लेख गरेपछि यो खोपका विषयमा धेरै चर्चा–परिचर्चा भइरहेका छन् ।

तर एफडीएका अनुसार जोन्सन खोपको यो रोगसँग सम्बन्ध भएको देखाए पनि खोपकै कारणले गर्दा यो समस्या देखिन्छ भनेर किटान गर्न सक्ने अवस्था भने छैन । ओम अस्पतालका कन्सलटेन्ट पिडियाट्रिक इम्युनोलोजिस्ट तथा रिम्याटोलोजिस्ट डा. धर्मगत भट्टराईका अनुसार कुनै पनि खोप साइड इफेक्टरहित हुन्छ भनेर कसैले भन्न सक्दैन ।

एकदमै गम्भीर तथा मृत्यु दर बढाउने खालको असर छ भने यो चिन्ताजनक हुन सक्छ । डा‍‍. भट्टराई भन्छन्, ‘यो सिन्ड्रोम हुने देखियो तर यसले गर्ने हानीहरु भन्दा बढी फाइदा छन् । महामारीले ज्यान जाने जोखिम र खोपको जोखिम कतिको छ हेर्नुपऱ्यो । खोपको जोखिम भन्दा फाइदा धेरै छ । खोप लगाएपछि कुनै लक्षण आए तुरुन्त चिकित्सकको सम्पर्कमा आउनुपर्छ । यो समस्या सञ्चो हुन्छ । उपचार सम्भव छ ।’

खोप सुुरक्षा व्यवस्था हेर्दै आएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले अमेरिकामा यो खोप पाएका १ करोड २७ लाख नागरिकमध्ये १०० जनामा यो रोगका समस्या देखिएको बताएको छ । सीडीसीका अनुसार समस्या देखिएकामध्ये १०० जनामा ९५ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो र एकजनाको मृत्यु भएको थियो । यो समस्या हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार व्यक्तिमा देखिने गरेको छ । समस्या देखिएका धेरै जना पूर्णरुपले ठीक पनि भएका छन् ।

‘गिलान बारे सिन्ड्रोम’ के हो ?
गिलान बारे सिन्ड्रोम नसासम्बन्धी समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरुलाई आक्रमण गर्दछ । यसले मासंपेशी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ । धेरैजसो मानिसमा यो लक्षण खोप लगाएको ४२ दिनमा देखिएको छ । तर यो समस्या देखिने सम्भावना एकदम कम रहन्छ ।

हात र खुट्टामा कमजोरी तथा झमझम महसुस हुने, त्यो बढेर शरीरका अरु अंगमा पनि फैलिन सक्ने, हिडाइँमा कमजोरी, बोल्दा तथा चपाउँदा वा निल्दा गाह्रो हुने, एउटा चिजलाई दुईवटा देख्ने, आँखा चलाउन गाह्रो हुने लगायतका लक्षण देखिन सक्छन् । लक्षण देखिएमा तुरुन्त चिकित्सको सम्पर्कमा रहनुपर्छ ।

खोपको असर बारे अध्ययन गरिरहेका छौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले विश्व स्वास्थ्य संगठनबाट प्राप्त खोप भएको र औषधि व्यवस्थाले पनि मान्यता दिएकाले यसको साइड इफेक्टको बारेमा धेरै सशंकित हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘सबैले ढुक्क भएर लाउनुपर्ने हुन्छ । एफडिएले भने पनि विश्व स्वास्थ्य संगठनले यसबारेमा भनेको छैन । हामीले संगठनको कुरा मान्छौं ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार परिषद्ले खोपको असरहरु तथा एन्टिबडी निर्माणबारे अध्ययन गरिराखेको जानकारी गराए । ज्ञवाली भन्छन्, ‘खोपको कुनै समान्य तथा गम्भीर लक्षण आएपनि त्यसको रेकर्ड हामीसँग आउँछ । हामीले हेर्ने गरिराखको छौं ।कोभिसिल्ड, भेरोसेल तथा जोन्सन एन्ड जोन्सनको खोपका बारेमा पनि हामी अध्ययन गरिराखेका छौं ।’

उनले अहिलेसम्म नेपालमा लगाएका खोपका गम्भीर असरहरु नदेखिएको बताउँदै खोपको असरका बारेमा तयार पारिएको अध्ययन एक हप्ताभित्र प्रकाशित गर्ने बताए । सोमबार जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत् १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप सहयोग गरेको छ । काठमाडौं उपत्यकाभित्र खोप अभियान पनि सञ्चालन भइरहेको छ । कान्तिपुर दैनिकमा बुनु थारुले यो खबर लेखेकी छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

ताजा

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.