• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • २१ घण्टा 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • २२ घण्टा 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • १ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • १ दिन 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • २. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

  • ४. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ५. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

  • ६. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ७. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ९. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

नर्मल वा सिजेरियन डेलिभरी ?

admin २०७८, श्रावण, ८

नर्मल डेलिभरी गराउने कि सिजेरियन दम्पती एवं गर्भवतीको मनमा उठ्ने तर्क–विर्तक हुन् । सामान्य डेलिभरी गराउनु उचित हुन्छ वा सिजेरियन ? कुन सहज र सुविधायुक्त ? कुन सुरक्षित ? कुन राम्रो ?

किनभने अहिले सिजेरियन डेलिभरीको ट्रेन्ड बढ्दो छ । स्वभाविक एवं सामान्य रुपमा हुन नसक्ने प्रसूतीका लागि यो वैकल्पिक विधी हो । विगतमा यस्तो सुविधा थिएन । त्यसैले कतिपय जटिल अवस्थामा हुने प्रसूतीले गर्भवतीको ज्यानलाई जोखिममा पाथ्र्यो । साथसाथै त्यो एकदमै पीडादायक पनि हुनेगथ्र्यो ।

सिजेरियन डेलिभरी गराउने व्यवस्था भएसँगै यसमा केही सहजता आएको छ । खासगरी जटिल अवस्थाको प्रसूती गराउनु परेमा वा स्वाभाविक रुपमा प्रसूती हुन नसक्ने अवस्थामा यो एउटा भरपर्दो र सहज विकल्प बनेको छ ।

तर, सिजेरियन डेलिभरी गराउँदा लाग्ने खर्च र सामान्य डेलिभरीमा लाग्ने खर्च–अन्तर फरक छ । त्यसैले खासगरी निजी अस्पतालहरुमा प्रसूती गराउँदा सिजेरियनलाई नै जोड दिइन्छ भन्ने आम गुनासो सुनिन्छ । साथसाथै यसलाई लिएर दम्पतीबीच विभिन्न भ्रम पनि हुने गर्छ ।

सिजेरियन डेलिभरी गराउँदा सहज हुनेभएपनि त्यो कृतिम विधी भएकाले कतिपय दम्पती यसमा राजी हुँदैनन् । अर्कोतर्फ बच्चालाई एउटा निश्चित दिन, समयमा जन्माउन चाहने दम्पतीले भने सिजरियनको विकल्प नै अपनाउने प्रवृत्ति देखिएको छ ।

के हो त वास्तविकता ? सिजेरियन डेलिभरी गराउनु उचित कि सामान्य ? कुन बढी लाभदायक ? वा सिजेरियनको विकल्प कस्तो अवस्थामा मात्र अपनाउने ? यसका जोखिम के हुन् ? विश्वभर सिजेरियन डेलिभरी गराउने प्रचलन बढ्दो छ ।

यसप्रति चिन्ता गर्दै विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सिजेरियनको विकल्प त्यसबेला मात्र अपनाउनुहोस् जब मेडिकल रुपमा यसको जरुरी हुन्छ ।’ अर्थात सामानय अवस्थामा हुने डेलिभरीमा सिजेरियन गर्नु उपयुक्त नभएको विश्व स्वास्थ्य संगठनले संकेत गरेको छ ।

सिजेरियन डेलिभरीले सामान्यको तुलनामा आमा र बच्चालाई बढी असर गर्न सक्छ । सिजेरियनमा पेट चिरेर बच्चाको गर्भाशय बाहिर निकालिन्छ । सामान्य प्रसवमा महिलालाई २४ घण्टामा अस्पतालले विदा दिन्छ तर सिजेरियनमा कम्तीमा चार/पाँच दिन अस्पताल बस्नुपर्ने हुन्छ ।

कहिले जरुरी हुन्छ सिजेरियन ?

– गर्भवती महिलामा उच्च रक्तचाप भएमा । किनभने यस्तो अवस्थामा मस्तिष्को नसा फुट्न सकने वा मिर्गौला र कलेजो खराब हुनसक्ने जोखिम हुन्छ ।

– कहिले काहीँ छोटो कद भएका महिलामा पनि सिजेरियन डेलिभरी गर्नुपर्ने आवश्यक्ता हुन्छ ।

– कहिले काहीँ औषधिले पाठेघरको मुख खुल्न पाउँदैन, यस्तो अवस्थामा सर्जरी गर्नुपर्छ । धेरै रक्तश्राव हुँदा पनि सर्जरी गर्नुपर्छ ।

– बच्चाको धड्कन कम हुँदा वा गलामा गर्भनाल लपेटिएको अवस्थामा, बच्चा उल्टो बसेको अवस्थामा सर्जरीको विकल्प अपनाउनुपर्छ ।

– बच्चाले जब पेटमा फोहोर पानी अर्थात मल मूत्र गर्छ त्यसलाई मिकोनियम भनिन्छ । यस्तो स्थितीमा तुरुन्त अपरशेन गर्नुपर्छ ।

केही भ्रम

पहिलो बच्चा सिजेरियन भयो भने दोस्रो बच्चा समान्य हुँदैन ? यस्तो संभावना यसकारण मात्र रहन्छ कि दोस्रो सिजेरियनको क्रममा टाँका फाट्ने डर हुन्छ । यदि पहिलो पटक सिजेरियन डेलिभरी गराइएको छ भने दोस्रो पटक सामान्य डेलिभरी हुँदैन भन्ने छैन ।

सिजेरियन पछि महिलाले पुरा आरम गर्नुपर्छ भन्ने सोचाई छ । सर्जरीपछि आरमको जरुरत त हुन्छ तर एक महिनापछि उसले आफ्नो नियमित काममा फर्कन सक्छन् ।

कहिले जरुरी हुन्छ डेलिभरी ?

सामान्य रुपमा डेलिभरी ३७ हप्ता वा ४० हप्ताको बिचमा हुनुपर्छ । यो चक्र पूर्ण हो र यसले बच्चा स्वास्थ रहन्छ । कम हप्तामा डेलिभरी भएमा आमा र बच्चा दुबैमा केही किसिमको स्वास्थ्य संकट आउनसक्छ । त्यसैले ध्यान राख्नुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.