Jankari Kendra
१ आश्विन २०८३, बिहीबार
Worldlink

हरेक दिन एउटा उसिनेको आलुले गर्छ तौल घटाउन मद्दत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २८
हरेक दिन एउटा उसिनेको आलुले गर्छ तौल घटाउन मद्दत

आलु हरेक घरमा प्रयोग हुन्छ । आलुलाई नेपाली भान्सामा तरकारीको ‘राजा’ भन्ने गरिन्छ । यसलाई जुनसुकै तरकारीसँग पनि मिसाएर पकाउन सकिन्छ । आलु धेरै खाएमा मोटोपन बढ्छ । तर, आलुको सेवन सही मात्रामा सही तरिकाले गर्दा तौल सन्तुलनमा रहने विज्ञहरु बताउँछन् । त्यसैले धेरै मानिसहरु तौल कम गर्नका लागि आलुको सेवन पनि कम गर्ने गर्छन् ।

आलुमा पोटाशियम, फस्फोरस, बी कम्प्लेक्स भिटामिन र भिटामिन सीको आवश्यकता पर्छ । यसमा क्यालोरी र फ्याटको मात्रा कम हुन्छ । उसिनेको आलुको सेवनले शरीरमा उर्जा प्राप्त हुन्छ ।

पोषक तत्व

उसिनेको आलुमा फ्याटको मात्रा कम हुन्छ । यसको बोक्रामा पनि विभिन्न प्रकारका पोषक तत्व पाइन्छ । यसको बोक्रासमेत खाँदा शरीरमा विभिन्न प्रकारका पोषक तत्वको आपूर्ति हुन्छ ।

भिटानिको राम्रो स्रोत

उसिनेको आलु भिटामिन बी र भिटामिन सीको राम्रो स्रोत हो । हरेक दिन एउटा उसिनेको आलुको सेवनले शरीरमा भिटामिन बी–६ प्राप्त हुन्छ । यसमा भिटामिन सीको मात्रा पनि उच्च हुन्छ ।

Top Changing Nepal

युट्युब सट्स