• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
  • १३ घण्टा 

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
  • १ दिन 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १ दिन 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १ दिन 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १ दिन 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १ दिन 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १ दिन 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. हनुमान जन्मजयन्ती मनाइँदै

  • ५. नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

  • ६. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

  • ७. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • ८. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

  • ९. प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

  • १०. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

सुन्तला कुहाउने औसा झिँगाको पहिचान र व्यवस्थापन विधि

admin २०७९, असार, १५

सुन्तलाजात फलफूल (निबुवा,जुनार,सुन्तला, आदी)को फल विभिन्न प्रजातिका झिँगाहरुले औसाको माध्यमबाट कुहाएर नोक्सान पुर्याउदै आएको छ । साधरणतय सुन्तलाजात फलफूलमा विभिन्न प्रजातिका झिँगाहरुले नोक्सान पुर्याउदै आएको पाइएको छ । पछिलो समयमा सुन्तलाजात फलफूल खेती हुने नेपालको पहाडी जिल्लाहरु संखुवासभा, धनकुटा, रामेछाप, सिन्धुली, तेह्रथुम, पाँचथर लगायतका जिल्लाहरुमा ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगाले विगत ६–७ बर्ष देखि सुन्तलाजात फलफूलको फलमा औसा पारी कुहाई ठूलो ह्रास ल्याउदै सुन्तलाजात फलफूल खेती गर्ने किसानहरुका लागि जटिल समस्याको रुपमा देखा परेको छ ।

नेपालमा ब्याक्ट्रोसेरा मिन्याक्सको पृष्ठभूमी

नेपालमा नभएको यस प्रजातिको झिँगा (ब्याक्ट्रोसेरा मिन्याक्स)को उत्पती भने चीन भएको पाईन्छ । चीनबाट भुटान, भारतको सिकिम हुँदै नेपालको पूर्वी पहाडी भागबाट प्रवेश गरेको हो भन्ने अनुमान गरिएको छ । वि.स.२०७२ सालमा सिन्धुली जिल्लाको जुनार खेतिमा २१ प्रतिशत क्षति, वि.सं. २०७३ सालमा २२ प्रतिशत क्षति र वि.स. २०७४ सालको उत्पादनमा ३० प्रतिशत भएको तथ्याङ्क छ । त्यसैगरी वि.स.२०७३ सालतिर धनकुटा, भोजपुर, खोटाङ्ग जिल्ला क्षेत्रभित्रमा जुनार उत्पादनमा ६०–७० प्रतिशत क्षति गरेको थियो । संखुवासभा जिल्लामा पनि वि.स. २०७६ साल कार्तिक, मंसिरमा पहिलो पटक सर्वेक्षण गर्दा करिब २०–२५ प्रतिशत उत्पादनमा क्षति, वि.स. २०७७ सालमा क्षति वृद्धि भई करिब ३० प्रतिशत पुगेको पाईएको छ ।

वि.स.२०७६ को कार्तिक, मंसिर महिनामा संखुवासभा जिल्लाको सुन्तलामा औंसाले २०–२५ फल नष्ट गरेको पाईएको थियो तर कुन जातको औसा हो भन्ने कुरा एकीन भएको थिएन। त्यसैले हामीले प्रभाबित ठाउंहरुबाट संक्रमित फलहरुको नमुना संकलन गरी लार्भाहरु (म्यागट) पालेका (रियरिङ) थियौ । मिति २०७७ जेष्ठ ०५ गते उक्त लार्भाहरुले प्यूपा अवस्थाबाट जम्मा २०१ दिनमा वयस्क भएको देखियो। निस्किएका वयस्क झिंगाहरु ब्याक्ट्रोसेरा मिनाक्स (चाइनिज फ्रूटफ्लाइ) हुन् भनेर पहिचान भयो । त्यसैगरी, आ.व. २०७७/७८ पानि संक्रमित क्षेत्रमा गई स्थलगत रुपमा क्षति भएको सुन्तलाजात फलफूलको क्षति भएको फलहरु प्रत्यक्षरुमा किसानहरुको सहभागितामा झिँगाको औसाहरु जम्मा गरी पालेका थियौ तर यो बर्ष भने पहिलेको बर्ष भन्दा अगाबै प्युवाबाट १६१ दिनमा वयस्क झिँगा निस्केको थियो । स्थलगत अनुगमनको क्रममा कार्तिक १५ सम्मा प्राय सबै झिँगाका औसाहरु प्युपेशनको लागि सबै माटोमा गईसकेको पाईएको थियो किनकि कार्तिक १५ पछि सुन्तलाजात फलफूको फल हेर्दा फलमा औसा भेटिएको थिएन तर रसरगुदी खाएर खोक्रो भएको फल भने भेटिएको थियो ।

ब्याक्ट्रोसेरा मिन्याक्सको पहिचान

वयस्क झिँगामा तपशिलका गुणहरु पाईन्छन्ः

क. यसो हेर्दा सुन्तले–पहेलो र खैरो रंगको बारुला जस्तो देखिने,
ख. झिँगाको शरिर औसतः १२ मि.मि. र पखेटा १० मि.मि. लामा हुन्छ,


ग. वयस्क माउको छातीको माथि पट्टिको भागमा तीन ओटा पहेंला धर्साहरु हुन्छन् (फोटो नं.३),
घ. अन्य प्रजातिको तुलनामा पेटखण्ड लाम्चो हुन्छ,


ङ. पखेटाको अगाडीको भागमा फराकिलो गाढा खैरो धब्बा देखिन सकिन्छ ,
च. पोथी झिँगाको अन्तिम पेट खण्डमा चुच्चो परेको तिखो फुल पार्ने भाग (ओभिपोजिटर) देखिन्छ (फोटो नं. २),
छ. पेटको पछाडी भागमा टि(आकार माथि सम्म गएको देखिन्छ (फोटो नं.३),
ज. समग्रमा भन्नु पर्दा अन्य प्रजाति भन्दा यो ठुलो हुन्छ ।

ब्याक्ट्रोसेरा मिन्याक्सको जिवन चक्र

यो झिँगाको ४ अवस्थामा फुल, लार्भा (औसा), प्युपा र वयस्कमा १ बर्ष समय अवधिमा जिवन चक्र पुरा गर्दछ । यसले सर्वप्रथम सुन्तलाजात फलफूलको मसिना दाना गुच्चा देखी कागती दाना आकार (चिचिला) अवस्थामा पोथी झिंगाले आफ्नो फुल पार्ने अङ्ग (ओभिपोजिटर)ले दानाको बोक्रा छेडी बोक्रको बिच सतहमा अण्डा पार्दछ । अण्डा पारेको करिव १ महिनामा अण्डाबाट लार्भारऔंसा निस्कन्छ र फल बद्धि भई संगै औंसाहरुको पनि विकास भई राखेको हुन्छ र पुष्ट फलको रस, गुदी ६० दिन सम्म खाएर औसा छिपिन्छ र फलको बोक्रामा प्वाल पारेर बाहिर निस्कन्छन् वा संक्रमित फलहरु बोटबाट झर्छ त्यस पछि कार्तिक १५ गते सम्ममा माटो मुनि अचल अवस्था (प्युपा) मा जान्छन् ।

संखुवासभा जिल्लामा कार्तिक १५ गते सम्मा प्यूपेसनका लागि माटो मुनी गईसकेको पाईएको थियो । छिप्पिएका लार्भा फलबाट बाहिर निस्कि अर्को अवस्था – प्युपा बन्नको लागि माटो खनेर ४ देखि ५ से.मी. मुनि गई (धेरै मुनिमा १५ देखि १८ सेमि सम्म) माटो मुनि गएको पाईएको छ । संखुवासभा जिल्लामा झिँगाको अचल अवस्था (प्यपा) ५ देखि ७ महिना बसि वयस्क (माउ) झिंगाको रुपमा आएको पाईएको छ । संखुवासभा जिल्ला क्षेत्र भित्र वयस्क पोथी झिंगाले बैशाख देखि साउन महिनासम्म अण्डा पर्न सक्रिय भएको पाईएको छ ।

व्यवस्थापन गर्ने विधिहरु

यो झिँगा कुनै पनि पारा फेरोमन ट्रयाप जस्तैः मिथाईल युजिनोल, क्युलियोरमा आकर्षक गरेर मार्न सकिदैन । यस झिँगालाई मध्यनजर राखी समस्याग्रस्त क्षेत्रमा व्यापक नियन्त्रण कार्यक्रमको अवधारणा कीरा व्यवस्थापन एकीकृत र समष्टिगत रुपमा नियन्त्रण कार्य परिचालन न्यायोचित र वातावरणीय दृष्टिमा सन्तुलित र दिगो हुन्छ । ती हुन् व्यवस्थापकीय पक्ष र प्राविधिक पक्षः

क) व्यवस्थापकीय पक्षमास् सरोकारवालाहरुसंग सरसल्लाह, बगैचामा स्प्रे गर्ने योजना, स्प्रेकर्ताहरु र बगैचाधनीहरुलाई अभिमुखीकरण, अनुगमन र पृष्ठपोषण पर्दछ ।
ख) प्राविधिक पक्षः अन्तर्गत संकलन, अनुगमन समय समयमा प्रोटिन बेट स्प्रे कार्य र औसा प्यूपा अवस्थामा जान नदिन सरसफाई अवलम्बन कार्य पर्दछ ।
१. सुन्तलाजात फलफूलको बगैंचा स्थापना र व्यवस्थापनका लागि कृषि प्राविधिकको सल्लाह अनुसार प्रत्येक वर्ष काँटछाट गर्ने र मल तथा सिंचाईको राम्रो व्यवस्था गर्ने ।
२. औंसा लागेका फलहरुलाई जथाभावी नफाली जमिनमा ३ फिट खनेर कम्तीमा ३० सेमि माटो मुनि पर्ने गरि पुरी दिने वा प्लाष्टीकको कालो ड्रममा प्रत्येक दिन जम्मा गरी टम्म बिर्को लगाई घमाईलो स्थानमा राख्ने र सम्भव भए जलाई दिने वा पशुहरुलाई पकाएर आहारको रुपमा पनि दिन सकिन्छ । (बिशेष गरेर असोज देखि कार्तिक महिनामा)
३. क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको विधि अनुसार गाउँ, टोल (समुदाय) को बगैंचा समेटेर फलेका ३ बोट मध्ये १ बोटको निश्चित ठाउँमा चिन्ह लगाई एक भाग प्रोटिन बेट (ग्रेट फ्रुट फ्लाई बेट जसमा २५ % प्रोटिन हाईड्रोलाईसेट र ०.१ % एबामेक्टिन कीटनाशक विषादी हुन्छ) मा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन विधि अनुसार हप्ताको १ पटक जम्मा १० पटक स्प्रे गर्ने । विषादी छर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई सावधानी पूर्वक छर्ने ।

क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको विधिः

क. सर्वप्रथम हामिले संक्रमित क्षेत्रको बगैचाबाट फल फल्दै गरेको बोट संख्याको विवरण लिने
ख. यसको लागि समूदायको कुनै पनि बगैँचा छुटाउनु हुदैन
ग. यो कार्यक्रम गर्ने बगैँचाहरु अन्य संक्रमित बगैँचा भन्दा करिब २ किलोमिटर दुरीमा हुन आवश्यक छ ।
घ. यस कार्यक्रमबाट ब्याक्ट्रोसेरा मिन्याक्सको पोथी झिँगा मार्ने गरिन्छ । किन कि पोथि झिँगा भाले झिँगासंग समागन गर्नको लागि प्रेटिन युक्त आहार खानु पर्ने हुन्छ ।


ङ. यो कार्यक्रम बैशाखको पहिलो हप्तादेखि शुरु गर्ने । किन कि यस समयमा सुन्तलाजात फलफूलको फल गुच्चा जत्रो आकारको हुन्छ ।
च. सम्पुर्ण बोटमा भने स्प्रे गर्नु पर्दैन । यसको लागि ३ बोट बराबर स्प्रे गर्न १ बोट छनौट गरे पुर्ण हुन्छ ।
छ. छनौट गरेको बोटको पनि घामले अलिक कम भेट्ने अनि बाक्लो पात भएको ठाउँ छनोट गरी रातो रिबन बाँध्ने ।
ज. उक्त रिबन बाँधेको स्थानमा माथि उल्लेखित मात्रार परिमाणको प्रोटिन बेट करिब ०.५ वा १ वर्ग मिटरको क्षेत्रफलमा मजाले भिज्ने गरी ८ देखि १० पटक १ हप्ताको फरकमा स्प्रे गर्ने ।
झ. स्प्रेकर्ता पुर्व तयारी गरी उक्त क्षेत्रमा एकै दिन स्प्रे गरिसक्नु पर्ने हुन्छ ।
ञ. यो कार्यक्रम प्रत्येक बर्ष गर्ने किन कि १ वर्षमा पुर्ण व्यवस्थापन गर्न सकिदैन ।

लेखकः सरोज राई, (बि.एस्सी. एजी) प्रा.स., बाली संरक्षण, कृषि ज्ञान केन्द्र, संखुवासभा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

ताजा

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.