के तपाईको औंलाको कापमा संक्रमण छ? यस्ता छन् घरेलु उपचार..
वर्षायाममा छालामा हुने अनेकौँ संक्रमणमध्ये खुट्टाको औंलाको कापमा हुने संक्रमण एक हो । जसलाई हिलोले खाएको पनि भनिन्छ ।
यस्तो समस्या फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो भएर पनि आउन सक्छ । यो चिलाउने तथा सुन्निने गर्छ र बेलैमा उपचार नहुँदा यसले हिँड्न गाह्रो बनाउँछ ।
यसबाट बच्नका लागि तल दिइएका टिप्स याद राख्नुहोलाः
– खुट्टालाई ओसिलो र तातो स्थानमा नराख्ने ।
– आवश्यक्ता परेमा एन्टि फंगल क्रिम लगाउनुपर्छ ।
– खुट्टालाई खुला राख्नुपर्छ, गुम्साएमा समस्या आउँछ ।
– मोजा सूतीको हुनुपर्छ, साथै सफा पनि ।
१. घिउकुमारी
संक्रमण भएको ठाउँमा घिउकुमारीको जेल लगाउने र मसाज गर्नुपर्छ । हामीले दिनमा दुई तीन पटकसम्म यसको प्रयोग गरे यो छिटै निको हुन्छ ।
२. टि ब्याग
प्रयोग गरिसकेको टि ब्यागमा टेनिक एसिड हुन्छ । जसले फंगल इन्फेक्सन रोक्छ । चार कप उमालेको पानीमा चार वटा टि ब्याग राख्नुपर्छ । त्यसमा २०, ३० मिनेट खुट्टा डुबाएर राख्नुपर्छ ।
३. नुन र बेसार
तातो पानीमा नुन र बेसार घोलेर नियमित रुपमा खुट्टा डुबाउने गर्नुपर्छ । केहि समय खुट्टा डुबाएपछि सफा कपडा वा कपासले खुट्टाको काप सफा गर्नुपर्छ ।
४. लसुनको पेस्ट
लसुनमा एन्टिब्याक्टेरियल गुण हुँदा संक्रमण हटाउन सहयोग गर्छ । लसुनको दुई केस्राको पेस्ट बनाएपछि केहि थोपा ओलिभ आयल मिसाउने र प्रभावित भागमा लगाउने गनुपर्छ । करिब आधा घण्टापछि त्यसलाई एन्टि फंगल साबुनले धुनुपर्छ । केहि दिनसम्म यसो गर्दा घाउ जाती हुन्छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

