महिला युरो आजदेखि क्वार्टरफाइनलका खेल हुँदै
काठमाडौं । महिला युरो कप २०२२ को क्वार्टरफाइनलका खेलहरु बुधबार रातिदेखि सुरु हुँदै छ।
युरो कपको पहिलो क्वार्टरफाइनलमा आज मध्यराति इल्याण्ड र स्पेन भिड्दै छन् । घरेलु टोली इल्याण्डसमुह ए को विजेताको रुपमा क्वार्टरफाइनल खेल्न लागेको हो । उपाधि जित्ने लक्ष्यमा रहेको घरेलु टोली अपराजित रहेर अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
स्पेन समूह बी को उपविजेता बन्दै इल्याण्डसँगको भेट पक्का गरेको हो । स्पेनले समूह चरणका ३ खेलमध्ये २ मा जित र एक खेलमा हार भोगेको थियो । समूह ए बाट इल्याण्ड सबैभन्दा पहिला क्वार्टरफाइनलमा पुग्ने टोली हो । नर्वेलाई ८–० को फराकिलो अन्तरले पाखा लगाउँदै इंग्ल्याण्ड अन्तिम ८ मा पुगेको हो ।
समुह ए बाट इंग्ल्याण्ड र अष्ट्रिया क्वार्टरफाइनलमा पुगेका हुन् । समूह बी बाट जर्मनी र स्पेन, समुह सी बाट स्वीडेन र नेदरल्याण्ड तथा समुह डी बाट फ्रान्स र बेल्जियमले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । दोस्रो क्वार्टरफाइनल खेलमा स्वीडेन र बेल्जियम खेल्नेछन् । तेस्रो क्वार्टरफाइनलमा जर्मनी र अष्ट्रिया भिड्दा अन्तिम खेलमा फ्रान्स र नेदरल्याण्ड खेल्ने तालिका छ ।
यसअघि २०१७ मा भएको महिला युरोकपमा नेदरल्याण्ड्स च्याम्पियन बनेको थियो । नेदरलयाण्डले डेनमार्कलाई पराजित गर्दै उपाधि उचालेको थियो । नेदरल्याण्डकी फरवार्ड लाइके मार्टेन्सले खुट्टाको चोटका कारण सेमिफाइनल खेल गुमाउनेछिन् । स्वीटजरल्याण्डसँगको खेलका क्रममा लाइकेले चोट बोक्न पुगेकी थिइन् ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
