शिव मन्दिरमा जल चढाउन जाँदा १० जनाको करेन्ट लागेर मृत्यु
एजेन्सी । पश्चिम बङ्गालको कुचबिहारमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ भने १६ जना गम्भिर घाइते भएका छन् । घाइते सबै जलपाईगुडी अस्पतालमा उपचारत छन् ।
पिकअपमा बसेर २७ जना कन्वरीया जल्पेशको शिव मन्दिरमा जल चढाउन गइरहेका थिए । मेखलीगञ्ज प्रहरी चौकी इलाकाको धरला पुलमा राति अबेर राति दुर्घटना भएको हो । पिकअपको पछाडि डीजे बजिरहेको बताइएको छ । जेनेरेटरको तारमा सर्ट भएर करेन्ट पिकअपमा पुग्यो ।
पिकअपमा चालकसहित २७ जना थिए । भारतीय समाचार एजेन्सी दैनिक भाष्करले पिकअपमा करेन्ट आएपछि चालक फरार भएको जनाएको छ । सिताकुची प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएको छ । घाइते कन्वरियाको अवस्था सामान्य रहेको बताइएको छ । एजेन्सीको अनुसार आइतबार राति करिब १२ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका कन्वारियाहरूलाई पहिले नजिकैको चङ्गारबन्ध अस्पतालमा लगिएको थियो । जहाँबाट १६ जनाको अवस्था गम्भीर हुँदा जलपाईगुडीको अस्पतालमा रिफर गरिएको थियो । उनीहरु सबै सितलकुची प्रहरी चौकी इलाकाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको खास कारण खुलाउन चालकको खोजी भइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
