Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

रुनु पनि फाइदाजनक छ, पढ्नुस् फाइदाहरु..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १६
रुनु पनि फाइदाजनक छ, पढ्नुस् फाइदाहरु..

मानिसहरु प्राकृतिक रुममै भावनात्मक भएर केही दुख, पीडा परेपछि रुने गर्छन् । तर कहिलेकाहीँ मानिस खुसी हुँदा पनि रुने गर्छन् । यद्यपी, समाजमा कोही रुँदा पनि कति पिन्चे भन्दै हेय भाव देखाउने गर्छन् । त्यस्तै, सामाजिक मान्यताले रुँदा मानिस कमजोर हुने जनाउँछ । विज्ञानले भने रुनु स्वास्थ्यको लागि लाभदायी हुने पत्ता लाएको छ ।

चिकित्सकका अनुसार रोएपछि मानिस तनावमुक्त र हलुका महसुस गर्छन् । स–साना कुरामा रुनाले पनि मानिसलाई मानसिक तनावबाट मुक्ति दिलाउने गर्छ । तनाव वा पीडामा पनि कोही रुन सक्दैन भने, उसको शारीरिक र मानसिक रूप अस्वस्थ हुने गर्छ ।

रुँदा मानिसको स्वास्थ्यमा हुने फाइदाहरुः

– प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने

– कीटाणु हटाउने

– तनाव कम हुने

– रिस कम हुने

– आँखाको शक्ति बढ्ने

– विषाक्त पदार्थ बाहिर निस्कने

Top Changing Nepal

युट्युब सट्स