भुटानसँग नेपालको हार
काठमाडौँ । एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरले पराजित भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको पहिलो खेलमा नै नेपाल पराजित भएको हो । भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । पहिलो हाफमा भुटानले एक गोल गर्यो भने दोस्रो हाफमा एक गोल गरेको हो ।
खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानलाई २–० को जित दिलाए । जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगलादेश छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छ । नेपालले बिहीबार बहराइनसँग खेल्नेछ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

