श्रीलंकामाथि नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा समूह विजेता बनेर पुगेको हो । नपालले पहिलो हाफमै चार गोल गरेको थियो। नेपालका लागि खेलको दशौं मिनेटमा रश्मीकुमारी घिसिङले हेडमार्फत पहिलो गोल गरेकी थिइन् ।
लगत्तै अर्को मिनेटमा सुरू लिम्बुले नेपालको अग्रता दोब्बर पारिन्। खेलको १७ मिनेटमा अमृत जैशीले नेपालका लागि तेस्रो गोल गरिन् । नेपालले सात मिनेटको अन्तरमा तीन गोल गरेपछि श्रीलंका दबाबमा आएको थियो। नेपालका लागि चौथो गोल दिपा शाहीले गरिन् । उनले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरिन् ।
७७ मिनेटमा अमिसा कार्कीले अर्को गोल थपिन् । रेखा पौडेलको स्थानमा दोस्रो हाफमा मैदान छिरेकी अमिसाले उत्कृष्ट फिनिसिङ गरेकी थिइन् । अमिसाले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो तथा टिमका लागि छैठौं गोल गरिन् । उनले एकल प्रयासमा श्रीलंकाका तीन डिफेन्डरलाई पार गर्दै उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।
नेपाल समूह विजेता बनेसँगै भुटान भने उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । यसअघि भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५९० गोलले पराजित गरेको थियो । समूहको पहिलो खेलमा नेपालले भुटानमाथि ४(० को जित निकालेको थियो। अब सेमिफाइनलमा नेपालले शुक्रबार भारत वा बंगलादेशसँग खेल्नेछ । समूह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगे पनि समूह विजेताको टुंगो लाग्न बाँकी छ ।
भारत र बंगलादेश भोलि भिड्दैछ । हार बेहोर्ने टिमसँग नेपालले शुक्रबार साँझ खेल्नेछ । यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनलमा पराजित भएको थियो ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

