सुकुम्बासी बस्ती, सधैँको सास्ती
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरकी चन्द्रकला रेग्मी तीनकुनेस्थित एक सहकारीमा काम गर्छिन् । बिहान निस्कँदा र साँझमा घर फर्कंदा अस्तव्यस्त सडक छिचोल्दै हिँड्छिन् । ठाउँठाउँमा सडक बिग्रिएका कारण दैनिक सामान्य दुर्घटनाको प्रत्यक्षदर्शी बन्नुपरेको उनी सुनाउन्छिन् ।
रेग्मीले भनिन्, “सबैभन्दा ठूलो समस्या अव्यवस्थित रूपमा बागमती नदी किनारमा रहेका घरटहरा हुन् । सुकुम्बासी बस्ती नदीका दुवै किनारमा छन्, खोला मिचेर निर्माण गरिएका घरटहराका कारण लामो जाम हुन्छ, सधैँ हैरानी भोग्नु परिरहेको छ ।”
उनी मात्रै होइन, भीमसेनगोलामा व्यवसाय गर्ने देउमान बानियाँ पनि दैनिक रूपमा यही वैकल्पिक सडक प्रयोग गर्छन् । उनलाई लाग्छ, “काठमाडौँभित्रै सडक र स्थानीयवासीको यस्तो दुर्दशा किन भएको होला ”
यसको उत्तर आफैँ बताउँदै बानियाँले भने, “सुकुम्बासी बस्तीमाथि ठूलो राजनीति छ, अहिलेसम्म जित्दै आएका वडाध्यक्ष नै सुकुम्बासी बस्ती हटाउन नदिने पक्षमा देखिन्छन् । भोट बैङ्कका रूपमा सुकुम्बासी नागरिकलाई प्रयोग गर्ने कर्ममा केही वाम राजनीतिक दल नै लागेको मैले पाएको छु ।”
काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित सिनामङ्गल, गैरीगाउँ र महानगरकै वडा नम्बर ३१ शान्तिनगरमा सुकुम्बासी बस्ती छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार सिनामङ्गल र गैरीगाउँ क्षेत्रमा १६२ र शान्तिनगरमा ४७६ घरधुरीको बसोबास छ । अव्यवस्थित घरटहरा र सडकसँगै बागमती किनार अतिक्रमणमा पर्दा यस क्षेत्रका बासिन्दा सधैँ प्रताडना भोग्न बाध्य छन् । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
