राप्रपा र रास्वपाबीच एकताको चर्चा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकताको चर्चा चलेको छ । पछिल्लो समय राप्रपा नेतृत्वमा रास्वपासँग पार्टी एकता गर्नुपर्ने दबाब बढेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपा १४ सिटसहित संसद्को पाँचौ ठूलो दल बनेको छ । रास्वपा भने २० सिटसहित चौथो दल बनेको छ ।
दुवै दलले राष्ट्रियता, सुशान र विकासको एजेण्डा बोकेकोले मिलेर अघि बढ्नुपर्ने नेताहरुको भनाई छ । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) उपेन्द्र यादव नेतृत्वको जसपाबीच एकताको लागि गृहकार्य भएको छ । वामपन्थीहरु मिल्नका लागि गृहकार्य थालेपछि राप्रपामा पनि विचार मिल्नेसँग एकता प्रक्रिया अघि बढाउनुपर्ने दबाब बढेको छ। अहिले राप्रपा र रास्वपा दुवैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । रास्वपा त सरकारमा सहभागी भैसकेको छ ।
रास्वपाका सभापति रवि लामिछाने अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्री छन् । वामपन्थीहरुबीच एकता प्रक्रियाको चर्चा चलेपछि राप्रपाका प्रभावशाली नेताहरुले पनि अब रास्वपासँग एकता गर्नुपर्ने भन्दै नेतृत्वसमक्ष लविङ थालेका छन् । राप्रपाले सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री दाहालसमक्ष केही शर्त अघि सारेको छ ।
ती शर्तमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदादेखि भ्रष्टाचारबारे छानबिन गर्न शक्तिशाली आयोग गठन रहेको छ । प्रधानमन्त्री दाहाल राप्रपाका सबै मागप्रति सकारात्मक छन् । पुष २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिने वा नदिने भन्नेबारे भने दाहाल अन्यौलमा छन् । अरु मागमा भने उनी सकारात्मक छन् । राप्रपा र रास्वपाबीच एकताको लागि पहल थाल्नेगरि दुवै दलका प्रभावशाली नेताहरुबीच भेटवार्ता सुरु भएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
