प्रधानमन्त्री प्रचण्डले माधव नेपालसँग मागे विश्वासको मत
जानकारी केन्द्र
२०७९, पुष, २१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए ।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे भन्छन्, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह गरेका छौं । त्यही क्रममा बुधबार एकीकृत समाजवादीका अध्यक्षलाई पनि भेटेर त्यही आग्रह गर्नुभएको हो।’
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ । एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन । बुधबार मात्र एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले २६ गतेसम्ममा निर्णय लिने बताएका थिए ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
