Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

सन्दीप लामिछानेको पुनरावेदन आजपनि स्थगित्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २१
सन्दीप लामिछानेको पुनरावेदन आजपनि स्थगित्

काठमाडौं । बलात्कारको आरोपमा पूर्पक्षमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका लागि आज तोकिएको पेशीपनि स्थगित भएको छ। सन्दीपका कानून व्यवसायीका अनुसार आफ्नै टीमका कानुन ब्यवसायी बिरामी परेकोले आजको पेशी स्थगित भएको हो ।

आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गरेको पुनरावेदन आज तेस्रो पटक सरेको हो। पहिलो पटक र यो पटक सन्दीपकै कानून व्यपासायीले स्थगित गरेका हुन् भने दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेको थियो।

केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायको पक्षमा हिजामात्रै क्रिकेटहरु शरद भेषवाकर, आरिफ शेखलगायतले बोलेका थिए ।

 

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स