काठमाडौंमा एक महीनामै भित्रियो १५ सय मेट्रिक टन कन्दमूल
काठमाडौँ । माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा एक महीनामै १ हजार ५०० मेट्रिक टनभन्दा बढी कन्दमूल भित्रिएको छ । पुसमा तरुल, सखरखण्ड र पिँडालु १ हजार ५३७ मेट्रिक टन भित्रिएको हो ।
पुस २८ गतेसम्ममा १६५ मेट्रिक टन सखरखण्ड, २४५ मेट्रिक टन पिँडालु र १ हजार १२७ मेट्रिक टन तरुल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । यो परिमाण गतवर्षको सोही अवधिको भन्दा १८२ मेट्रिक टन कम हो ।
अहिलेसम्मको तथ्यांक हेर्दा गतवर्षको भन्दा कम परिमाणमा कन्दमूल भित्रिएको देखिए पनि शनिवारसम्ममा गतवर्षकै हाराहारीमा भित्रिन सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनका अनुसार अघिल्ला वर्षहरूमा व्यापारीहरूले कन्दमूल सीधै कालीमाटीमा ल्याउँथे । त्यसपछि काठमाडौंका अन्य स्थानीय बजारमा पठाउने गर्दथे । तर अहिले अन्य बजारमा पनि ठूलो परिमाणमा कन्दमूल भित्रिएकाले कालीमाटीमा गतवर्षको भन्दा केही कम देखिएको श्रेष्ठले बताए ।
समितिको मूल्य सूचीअनुसार यस वर्ष तरुलको औसत थोक मूल्य प्रतिकिलो ६६ रुपैयाँ छ । यस्तै सखरखण्डको ५६ र पिँडालुको ४६ रुपैयाँ रहेको छ । गतवर्षको यही समयमा तरुलको औसत थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ, सखरखण्डको ६५ रुपैयाँ र पिँडालुको ४५ रुपैयाँ थियो । यद्यपि तरुलको मूल्य जातअनुसार प्रतिकिलो २०० रुपैयाँसम्म रहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार वनतरुल सबैभन्दा महँगो छ ।
कालीमाटीमा बारा, भक्तपुर, चितवन, दाङ, धादिङ, गोरखा, कञ्चनपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्वत, रौतहट, सप्तरी, सिराहा, सुनसरी, तनहँुलगायत २६ जिल्ला र भारतबाट समेत कन्दमूल भित्रिने गरेको छ । यस वर्ष कालीमाटीमा सबैभन्दा धेरै तरुल सर्लाहीबाट आएको छ । यो महीना सर्लाहीबाट मात्रै ५१८ मेट्रिक टन तरुल भित्रिएको छ । त्यसैगरी भारतबाट १७७ मेट्रिक टन आयात भएको छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
