सन्दीपका दाजुले बुझाए धरौटी
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका छन् । हिजो (बिहिबार) उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका हुन् । धरौटी रकम बुझाएसँगै सन्दीप आजै छुट्ने निश्चित भएका छन् । उनका कानुन व्यवसायी (वकिल) सरोजकृष्ण घिमिरेले कारागारमै पुगेर सन्दीपलाई अदालतका शर्तबारे जानकारी गराएका छन् ।
धरौटी बुझाएसँगै अब केन्द्रीय कारागारमा सन्दीपलाई रिहाइ गर्न अदालतले पत्र पठाउने छ । त्यसपछि सन्दीपलाई तारिखका लागि अदालतमा उपस्थित गराइने छ र आवश्यक स्वास्थ्य परीक्षण पछि उनी छुट्नेछन् । उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।
सन्दीपका कानुन व्यवसायी घिमिरेले रिहा भएपछि सन्दीप राष्ट्रिय टिममा फर्किने बताए । थुनामुक्त भएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता गर्नुपर्ने घिमिरेले बताए ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
