काठमाडौंमा विनासकारी भूकम्पको खतरा, यस्तो छ कारण
काठमाडौं । जमिनमुनि शक्ति सञ्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौंको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।
उनले प्रस्ट्याए, “काठमाडौं उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौंमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।”
त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताए । उनका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ ।
नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ ।
त्यसको असर काठमाडौंमा पनि पर्यो तर काठमाडौंदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् ।
विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ ।
काठमाडौंमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए । अब आउने अनुमान गरिएको भूकम्प काठमाडौं र पूर्वी भेगमा मध्यम स्तरका भूकम्प आएर त्यो शक्ति बिस्तारै तराई हुँदै बाहिर निस्कन्छ वा एकै पटक ठूलो विपत् आउँछ त्यो भने भविष्यकै गर्भमा रहेको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् ।
तुलनात्मक रूपमा सिन्धुपाल्चोक, गोरखा, धादिङको अनुपातमा काठमाडौं केन्द्रबिन्दु भएर साना भूकम्प एकाधमात्र गइरहेका छन् । उहाँका अनुसार काठमाडौंमा ठूलो भूकम्प जाँदा क्षति बढी हुन सक्छ । गोरखा भूकम्पकै मापनको भूकम्प आयो भने त्यसबेला हल्लाएको भन्दा झन्डै दस गुणा बढी जमिन हल्लने भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।
उनले यसअघि काठमाडौंमा भूकम्पीय जोखिमका विषयमा छुट्टै अध्ययन गरेका छन् । उनका अनुसार गोरखा भूकम्पको शक्ति नेपालको पश्चिमतर्फ सर्नुपर्ने थियो तर उत्तरी भेग हुँदै काठमाडौं आइपुगेर थामिएका कारण यहाँ शक्ति जम्मा भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
