लुम्बिनीका नवनिर्वाचित सभामुख र उपसभामुखको शपथ आज
दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउने छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण हुनेछ। प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ।
मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको हो । प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ ।
साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ ।
सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

