बालोन डी’ओर अवार्ड : मेस्सी, बेन्जेमा र एमबाप्पे बीच प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्व उत्कृष्ट पुरुष र महिलाको शीर्ष तीनमा पर्न सफल खेलाडीहरुको नाम सार्वजनिक भएको छ । फिफा वर्ष उत्कृष्ट पुरुषमा लियोनेल मेस्सी र केलियन एमबाप्पे बीच प्रतिस्पर्धा हुने भएको छ ।
अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेस्सी र फ्रान्सका सुपरस्टार फरवार्ड एमबाप्पे फिफाको उत्कृष्ट शीर्ष ३ मा परेका छन् । कतारमा भएको विश्वकपमा दुबैले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
दुवैले विश्वकपको फाइनलमा आफ्नो टोलीको नेतृत्व गरेको आठ हप्तापछि फिफाले घोषणा गरेको हो । त्यसैगरी डिफेन्डिङ बालोन डी’ओर विजेता करिम बेन्जेमा अटाएका छन् ।
त्यस्तै फिफा २०२२ उत्कृष्ट महिला खेलाडीमा इङ्गल्याण्डको बेथ मीड, अमेरिकाको एलेक्स मोर्गन र स्पेनकी एलेक्सिया पुटेलास परेका छन् ।
पुटेलासले २०२१ को लागि सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् । ग्लोबल भोटिङ प्यानलद्वारा मतदान गरिएको अन्तिम सूचीमा उनीहरुको नाम सार्वजनिक गरेको हो ।
राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकहरूको विश्वव्यापी प्यानल र फिफाका २११ सदस्य राष्ट्रहरूमध्ये प्रत्येकमा चयन गरिएका पत्रकारहरूका साथै फ्यानहरूले अनलाइन भोटिङ गरेको भोटिङमा शीर्ष तीनमा परेका छन् । विजेताहरुको घोषणा पेरिसमा फेब्रुअरी २७ मा हुने समारोहमा गरिनेछ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
