Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

बालोन डी’ओर अवार्ड : मेस्सी, बेन्जेमा र एमबाप्पे बीच प्रतिस्पर्धा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २९
बालोन डी’ओर अवार्ड : मेस्सी, बेन्जेमा र एमबाप्पे बीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्व उत्कृष्ट पुरुष र महिलाको शीर्ष तीनमा पर्न सफल खेलाडीहरुको नाम सार्वजनिक भएको छ । फिफा वर्ष उत्कृष्ट पुरुषमा लियोनेल मेस्सी र केलियन एमबाप्पे बीच प्रतिस्पर्धा हुने भएको छ ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेस्सी र फ्रान्सका सुपरस्टार फरवार्ड एमबाप्पे फिफाको उत्कृष्ट शीर्ष ३ मा परेका छन् । कतारमा भएको विश्वकपमा दुबैले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

दुवैले विश्वकपको फाइनलमा आफ्नो टोलीको नेतृत्व गरेको आठ हप्तापछि फिफाले घोषणा गरेको हो । त्यसैगरी डिफेन्डिङ बालोन डी’ओर विजेता करिम बेन्जेमा अटाएका छन् ।

त्यस्तै फिफा २०२२ उत्कृष्ट महिला खेलाडीमा इङ्गल्याण्डको बेथ मीड, अमेरिकाको एलेक्स मोर्गन र स्पेनकी एलेक्सिया पुटेलास परेका छन् ।

पुटेलासले २०२१ को लागि सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् । ग्लोबल भोटिङ प्यानलद्वारा मतदान गरिएको अन्तिम सूचीमा उनीहरुको नाम सार्वजनिक गरेको हो ।

राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकहरूको विश्वव्यापी प्यानल र फिफाका २११ सदस्य राष्ट्रहरूमध्ये प्रत्येकमा चयन गरिएका पत्रकारहरूका साथै फ्यानहरूले अनलाइन भोटिङ गरेको भोटिङमा शीर्ष तीनमा परेका छन् । विजेताहरुको घोषणा पेरिसमा फेब्रुअरी २७ मा हुने समारोहमा गरिनेछ ।

Top Changing Nepal

युट्युब सट्स