अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी गर्दै अञ्जली
काठमाडौं । बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई बेलायतकोे नागरिक बताएको र नेपाल आएपश्चात् विवाह गरी बेलायत लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहना र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिएकाले कुरियरबाट सम्पर्क आउने भनी ठगी गरेको प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
त्यसका लागि उनले कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियो समेत पठाएर पीडितलाई विश्वास दिलापश्चात् कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लउन्ड्रिङ, डेलिभरी चार्ज, भन्सार शुःल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
उक्त रकम पठाउन लगाइ ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
