उत्तेजित भीडले प्रतिकार गरेपछि इमरान खानलाई पक्राउ गर्न प्रहरी फेरि असफल
एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्ने प्रहरीको तेस्रो प्रयास असफल भएको छ । मिसन ईमरान ‘अरेस्ट’ अभियानका साथ मंगलबार तेस्रो पटक खानलाई पक्राउ गर्न निवासमै पुगेको इस्लामावाद प्रहरी रित्तो हात फर्किएको हो ।
तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेपछि खानका समर्थकहरूको उत्तेजित भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन भने लाहोरमा हिंसा भड्किएको छ ।
प्रमुख प्रतिपक्षी दल तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए ।
इस्लामावाद प्रहरी र रेन्जर्स कमाण्डो खानलाई पक्राउ गर्न उनको घर जमान पार्कमा पुगेपछि समर्थकहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए । दुई पक्षबीचको झडपमा इस्लामावादका केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

