• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ जेठ २०८३, शुक्रबार
२२ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • १५ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • १५ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • १७ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • १७ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १८ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १९ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • २० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • २. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • ३. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ६. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ९. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • १०. ट्रक दुर्घटना हुँदा चालकको निधन

चुनौती बन्दै क्षयरोगीको पहिचान

जानकारी केन्द्र २०७९, चैत्र, १४

दमौली । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो ।

“लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने लक्षण थियो, अस्पताल गएर परीक्षण गराउँदा क्षयरोग रहेछ,” उनले भने, “त्यही बेलादेखि नियमित औषधि सेवन गरिरहेको छु ।” चिकित्सकको सल्लाहबमोजिम छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएकाले हाल लक्षण कम हुँदै गएकामा उनले खुसी व्यक्त गरे । उनले भने, “अहिले लक्षण कम हुँदैछ, अब सन्चो हुन्छु ।”

व्यास नगरपालिकाकै ५४ वर्षीया आशा परियार पनि कात्तिकदेखि नियमित औषधि सेवन गरिरहेका छन् । “खाना रुच्थेन, खोकी पनि लागिरहन्थ्यो । परीक्षण गराउँदा क्षयरोग लागेको पुष्टि भयो । सुरुमा त आत्तिए, स्वास्थ्यकर्मीले केही हुँदैन आत्तिनु पर्दैन भनेपछि मन हलुङ्गो भयो,” उनले भने, “निःशुल्क औषधि पाइने रहेछ, औषधि सेवन गरेपछि अहिले ठीक हुँदैछु ।”

म्याग्दे गाउँपालिकाका ५५ वर्षीय बुद्धिमान लामाले मङ्सिर महिनादेखि नियमित औषधि सेवन गरिरहेका छन् । “क्षयरोग हुँदा के के न भयो भनेर छिः दुरदुर गर्ने प्रवृत्ति अझै कायमै छ,” उनले भने, “यो त नियमित औषधि सेवन गरेपछि निको हुने रोग रहेछ भन्ने अझै पनि समाजलाई बुझाउन पर्ने देखिएको छ ।”

क्षयरोगीको सङ्ख्या धेरै हुनेमा तनहुँ गण्डकी प्रदेशकै तेस्रो जिल्लामा पर्दछ । गत आर्थिक वर्ष २०७८ र ७९ मा तनहुँमा क्षयरोगीको सङ्ख्या तीन सय १२ थियो । क्षयरोगी धेरै हुने जिल्लामध्ये कास्कीमा छ सय ५२ र नवलपुरमा पाँच सय २९ थिए ।

चालु आव २०७९ को आठ महिनाको अवधिमा पनि क्षयरोगीमध्ये तनहुँ तेस्रो स्थानमै छ । साउन महिनादेखि फागुन मसान्तसम्म तनहुँमा एक सय ७४ क्षयरोगी पहिचान भएका छन् । आठ महिनाको अवधिमा कास्कीमा तीन सय छ, नवलपुरमा दुई सय ९१, स्याङ्जामा एक सय ५२, बागलुङमा एक सय २३, गोरखामा एक सय तीन, म्याग्दीमा ३३, पर्वतमा ४३, मनाङमा तीन र मुस्ताङमा चार क्षयरोगी भेटिएका छन् ।

छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए। अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको अधिकारीले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ,” अधिकारीले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको अधिकारीले बताए । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,” उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपड्ताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारीले बताए ।

तनहुँलाई क्षयरोगमुक्त बनाउन यसै वर्षदेखि अभियान सुरु गरिएको छ । पहिलो चरणमा भानु नगरपालिकाबाट सुरु भएको यो अभियान पाँच वर्षभित्र १० वटै पालिकामा विस्तार गरिने बताइएको छ । “अझै पनि कतिपय क्षयरोगका बिरामी डरका कारण खुलेर आउन सक्नुहुन्न, यो अभियानमार्फत सचेतना जगाई क्षयरोगीलाई उपचारको प्रक्रियामा ल्याउने मुख्य लक्ष्य हो,” कार्यालयका स्रोत व्यक्ति सुदीप सेढाइँले भन्नुभयो, “यो अभियानले तनहुँलाई क्षयरोगमुक्त बनाउन सकिनेमा विश्वस्त छौँ ।”

क्षयरोगका शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ,” सेढाईंले भने ।

क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । छ महिनामा दुई पटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलो पटक र छ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको जन्त्र संस्थाका प्रतिनिधि कृष्ण लम्सालले बताए । उनका अनुसार गण्डकीका चार जिल्लामा यो कार्यक्रम लागु छ । “लक्षणका आधारमा हामीले सम्बन्धित व्यक्तिको घरमै पुगेर खकार सङ्कलन गरेर दमौली अस्पतालको प्रयोगशालासम्म लैजाने व्यवस्था मिलाएका छौँ,” लम्सालले भने। हाल जिल्लाका १३ ठाउँमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।

स्वास्थ्य कार्यालयले क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरेको छ । घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरुलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको बताइएको छ । पछिल्लो एक वर्षको अवधिमा तनहुँमा क्षयरोगबाट दश जनाको मृत्यु भएको छ । भानु नगरपालिकाका एक, व्यास नगरपालिकाका चार, शुक्लागण्डकी नगरपालिकाका दुई, भिमाद नगरपालिकाका दुई र बन्दीपुर गाउँपालिकाका तीनजनाको मृत्यु भएको छ ।

नियमित औषधि सेवन नगरिदिनाले सफल उपचार दरमा कमी आएको कार्यालयको भनाइ छ । तनहुँमा क्षयरोगबाट सन्चो हुने दर ८६ प्रतिशत छ । “कतिपयले औषधि सेवन गर्दागर्दै बीचमै छाडिदिने गरेका छन्, यसले गर्दा पनि समस्या हुने गरेको छ,” अधिकारीले भने ।

भानु नगरपालिकामा २१, व्यास नगरपालिकामा ४६, म्याग्दे गाउँपालिकामा १४, शुक्लागण्डकी नगरपालिकामा ३६, भिमाद नगरपालिकामा ११, घिरिङ गाउँपालिकामा दश, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ११ र आँबुखैरेनी गाउँपालिकामा १४ क्षयरोगी छन् । त्यसमध्ये उपचार सफल हुनेमा भानु नगरपालिकामा ९१.७, व्यास नगरपालिकामा ८७.७, म्याग्दे गाउँपालिकामा ९०, शुक्लागण्डकी नगरपालिकामा ८१.३, भिमाद नगरपालिकामा ८५.७, घिरिङ गाउँपालिकामा ८१.३, ऋषिङ गाउँपालिकामा ८७.५, देवघाट गाउँपालिकामा एक सय, बन्दीपुर गाउँपालिकामा ८९.५ र आँबुखैरेनी गाउँपालिकामा ७९.३ प्रतिशत रहेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको विसं २०७८ / ७९ को वार्षिक प्रतिवेदनअनुसार ३७ हजार आठ सय ६१ बिरामी दर्ता भएका छन् । जसमध्ये ५८ प्रतिशत पिबिसी, १३ प्रतिशत पिसिडी, २९ प्रतिशत इपी बिरामीहरु रहेको दमौली अस्पतालका मेडिकल अधिकृत डा। नवीन विकले बताए । बिरामी पत्ता लगाउने दर एक लाखमा एक सय २९ रहेको छ । क्षयरोगबाट हुने मृत्यु दर तीन प्रतिशत रहेको विकले बताए ।

राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रमका रुपमा सञ्चालित छ । नियमित रुपमा औषधि सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुन्छ । क्षयरोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरु र राष्ट्रिय क्षयरोग केन्द्रले तोकेका स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । मेडिकल अधिकृत विकका अनुसार फोक्सोको क्षयरोग भएका बिरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका कीटाणुहरु बाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्दछ ।

जिल्लाको सदरमुकामसमेत रहेको व्यास नगरपालिकामा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या उच्च छ । क्षयरोगीको सङ्ख्या पनि चालु आवमा ४६ जना छन् । क्षयरोग नियन्त्रणका लागि समुदायमस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकाका तर्फबाट सहयोग रहने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । “क्षयरोगमुक्त तनहुँ बनाउने अभियान सबैको हो, यसमा सबैको साथ आवश्यक छ,” न्यौपानेले भने । स्वास्थ्य कार्यालय तनहुँले क्षयरोगीलाई उपचारमा सहयोग पु¥याउन, क्षयरोगीलाई गरिने भेदभावको विरुद्धमा अभियान चलाउन र क्षयरोगका बारेमा कुरा गर्न र अरूलाई बुझाउन विभिन्न सचेतनामूलक कार्यक्रमलाई जोड दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.