एक महिलाद्वारा आफ्नै तीन छोराछोरीलाई गोली हानी गरीन आत्महत्या
एजेन्सी । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेपछि आफूले पनि आत्महत्या गरेकी छन् । ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोरीको हत्या गरेकी हुन् ।
ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो । ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो । ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन् । ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
फक्स न्युजका अनुसार घटना बिहिबारको हो । प्रहरी टोली त्यहाँ गस्तीमा थियो । त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए । त्यतिबेला दिउँसो करिब चार बजेको थियो ।
घटना भएकै बेला प्रहरी स्थलमा पुगेको थियो । जहाँ महिला कराएको आवाज प्रहरीले सुनेका फक्स न्युजले लेखेको छ । घर बाहिर बार लगाइएको थियो । ती महिलाको हातमा बन्दुक थियो ।
प्रहरीले महिलासँग कुरा गर्न पनि खोजेको समाचारमा जनाइएको छ । त्यसपछि प्रहरीले घर घेरा हालेको थियो । यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टोली पनि उपस्थित भइसकेको थियो । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
