एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको पहिलो जित
काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग १ मा पहिलो जित दर्ता गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ ले हराउँदै लिगमा पहिलो जित हासिल गरेको हो ।
खेलको ४४औं मिनेटमा जयर एर्मीको पासमा मार्को एसेन्सियोको गोलमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो । खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो ।
खेलको ५२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए। एमबाप्पेले हर्नान्डेजको पासमा बललाई पोस्टको गति दिएका थिए । खेलको ९०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गरे ।
एमबाप्पले यो सिजन पहिलोपटक दुई गोल गरेका हुन् । पहिलो खेलमा टोली बाहिर रहेका एमबाप्पे दोस्रो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । तर खेलको अतिरिक्त समयको पाँचौँ मिनेटमा मोगेन गुइलाभोगुइले टोलीका लागि सान्त्वना गोल गरे ।
सुरुवाती २ खेलमा बराबरी गरेको पीएसजीले लिगमा पहिलो जित दर्ता गरेको हो। जितसँगै पीएसजी ५ अंकमा चौथो स्थानमा उक्लिएको छ ।
गएराति भएको अर्को मार्सेलोले ब्रेस्टलाई २–० ले हराएको छ। जितसँगै मार्सेलो ७ अंकमा दोस्रो स्थानमा छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
