गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
टोकियो । अमेरिकामा जन्मेका पूर्व सुमो कुश्ती च्याम्पियन अकेबोनोको निधन भएको छ । उनको परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टी गरेको हो ।
अन्य विदेशी सुमो रेस्लरहरूको लागि प्रेरणादायी मानिने ५४ वर्षीय ती खेलाडीकोृ जापानको एक अस्पतालमा हृदयघातका कारण मृत्यु भयो। हवाईमा चाड जर्ज हाआहेओ रोवानमा जन्मेका अकेबोनो पहिलो गैर जापानी योकोजुना बनेका थिए, जो एक सुमो ग्रान्ड च्याम्पियनसमेत हुन् । सो बिधाको खेलकुदमा उनी उच्चतम श्रेणीका खेलाडी मानिन्थे ।
‘यो दुःखका साथ हामी घोषणा गर्दछौं कि टोकियो क्षेत्रको अस्पतालमा हेरचाह गर्ने क्रममा अकेबोनो तारोको यस महिनाको सुरुमा हृदयघातका कारण मृत्यु भयो,’ उनको परिवारले जापानमा अमेरिकी सेनामार्फत एक विज्ञप्तिवाट भने ।
उनले ६४ औं योकोजुनाको रूपमा सुमो बूमको नेतृत्व गरे र ११ च्याम्पियनशिप जित्नेसहित धेरै उपलब्धिहरू हासिल गरेका थिए,’ जारी बिज्ञप्तिमा भनिएको छ । उनले सन २००१ मा सुमोबाट अवकाश लिए।
जापान सुमो एसोसिएसनका अनुसार अकेबोनोलाई सन २०१७ मा कुस्ती खेलपछि अस्पताल लगिएको थियो र त्यसयता उनी अस्वस्थ थिए। उनका श्रीमती, छोरी र दुई छोरा रहेका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
