एप्पलको ‘इट्स ग्लोटाइम’ इभेन्ट सेप्टेम्बर ९ मा, नयाँ आइफोन लन्च गर्दै
काठमाडौँ । आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । कम्पनीले यसका लागि आधिकारिक निमन्त्रणा पठाउन थालेको छ, जसको ट्यागलाइन ‘इट्स ग्लोटाइम’ रहेको छ ।
एप्पलले यस इभेन्टमा आईफोन १६ सिरिजका चार मोडलहरू प्रस्तुत गर्ने तयारी गरेको छ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स । तर, कम्पनीले उक्त कार्यक्रममा लन्च हुने उत्पादनका बारेमा जानकारी दिएको छैन ।
नेपाली समय अनुसार सेप्टेम्बर ९ सोमबार राति १०: ४५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कम्पनीले २०२० बाट प्रि-रेकर्ड गरिएको भिडियो स्ट्रिम गर्दछ, जसमा यसले आईफोन र अन्य उत्पादनहरूको नयाँ श्रृंखला लन्च गर्दछ । अहिलेसम्म लीक भएका सूचना अनुसार, एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्छ । आईफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले हुने उल्लेख गरिएको छ ।
एप्पलले गत वर्ष ‘वान्डरलस्ट’ कार्यक्रममा आईफोन १५ सिरिज, एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको थियो । कम्पनीले पहिलो पटक चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराएको थियो ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

