नेपालमा पनि भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’
काठमाडौँ । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायिक रुपमा सञ्चालन हुने भएको हो । कम्ब्याट तेक्वान्दोले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा व्यवसायीक सुरुवातको औपचारिक घोषणा गरेको हो ।
कम्ब्याट तेक्वान्दोमा ११० मुलुकका ११५ मिलियन तेक्वान्दो खेलाडी र चार हजारभन्दा बढी व्यवसायिक रेफ्री संलग्न छन् । यससँगै, अब नेपालमा समेत तेक्वान्दोको व्यवसायिक खेल प्रतियोगिता हुनेछ । जसमा नेपालसहित विभिन्न देशका ४ हजारभन्दा बढी व्यवसायीक तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जसको प्रत्यक्ष प्रसारण ईएसपीएन नेटवर्कमा, ईएसपीएन प्ल्स र डिज्ने प्ल्स लगायतका ओटीटी प्लेटफर्ममा समेत प्रसारण हुनेछ । कम्ब्याट तेक्वान्दोका संस्थापक तथा अध्यक्ष रिक सिनले कार्यक्रममा सम्बोधन गर्दै नेपाल सम्भावनाको देश भएको बताए ।
यहीकारण नेपाललाई तेक्वान्दोमा दक्षिण एसियाको हबकारुपमा विकास गर्ने उनले बताए । ‘नेपालमा थुप्रै सम्भावना भएका तेक्वान्दो खेलाडी छन्,’ शिनले भने, ‘यही सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित कम्ब्याट तेक्वान्दोको व्यवसायीक खेल सुरु गर्न लागेका हौं ।’
विश्वव्यापीरुपमा तेक्वान्दोको २० बिलियन अमेरिकी डलरको बजार भएको आँकलन छ । यही बजारलाई मध्यनजर गर्दै गत वर्षदेखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै कम्ब्याट तेक्वान्दो नेपालका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले औपचारिक सुरुवातको घोषणापछि अब छिट्टै व्यवसायीकरुपमा तेक्वान्दोको प्रतिस्पर्धा सुरु गर्ने बताए ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
