असोजका लागि घट्यो बैंकको ब्याजदर,कुन बैंकको कति ?
काठमाडौँ । नेपालका वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् ।
जसमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौमा ६.५३ प्रतिशत थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १० वटा वाणिज्य बैंकले घटाएका छन् भने सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् ।
एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् । प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
ब्याजदर
| बैंक | भदौ | असोज |
| कृषि विकास बैंक | ६.०६५ | ६.०७ |
| राष्ट्रिय वाणिज्य बैंक | ६.०७ | ६.०० |
| नेपाल एसबीआई बैंक | ६.२५ | ६.०० |
| लक्ष्मी सनराइज बैंक | ६.५० | ६.५० |
| ग्लोबल आईएमई बैंक | ६.२५ | ६.२५ |
| कुमारी बैंक | ६.७१ | ६.०१ |
| प्राइम बैंक | ६.७५ | ६.२५ |
| नेपाल बैंक | ५.२५ | ५.९५ |
| सानिमा बैंक | ६.२० | ५.९० |
| सिटिजन्स बैंक | ६.७५ | ६.४० |
| नबिल बैंक | ७.०० | ६.७५ |
| इन्भेस्टेमेन्ट मेगा बैंक | ६.५० | ६.५० |
| सिद्धार्थ बैंक | ६.५० | ६.५० |
| स्टान्डर्ड चार्टर्ड बैंक | ७.०० | ७.०० |
| माछापुच्छ्रे बैंक | ७.०० | ७.०० |
| प्रभु बैंक | ६.१० | ६.१० |
| एनएमबी बैंक | ७.४१ | ६.५० |
| एनआईसी एसिया बैंक | ७.४१ | ७.१८ |
| एभरेष्ट बैंक | ६.१० | ६.०० |
| हिमालयन बैंक | ७.०० | ७.०० |
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
