असोजका लागि घट्यो बैंकको ब्याजदर,कुन बैंकको कति ?
काठमाडौँ । नेपालका वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् ।
जसमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौमा ६.५३ प्रतिशत थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १० वटा वाणिज्य बैंकले घटाएका छन् भने सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् ।
एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् । प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
ब्याजदर
| बैंक | भदौ | असोज |
| कृषि विकास बैंक | ६.०६५ | ६.०७ |
| राष्ट्रिय वाणिज्य बैंक | ६.०७ | ६.०० |
| नेपाल एसबीआई बैंक | ६.२५ | ६.०० |
| लक्ष्मी सनराइज बैंक | ६.५० | ६.५० |
| ग्लोबल आईएमई बैंक | ६.२५ | ६.२५ |
| कुमारी बैंक | ६.७१ | ६.०१ |
| प्राइम बैंक | ६.७५ | ६.२५ |
| नेपाल बैंक | ५.२५ | ५.९५ |
| सानिमा बैंक | ६.२० | ५.९० |
| सिटिजन्स बैंक | ६.७५ | ६.४० |
| नबिल बैंक | ७.०० | ६.७५ |
| इन्भेस्टेमेन्ट मेगा बैंक | ६.५० | ६.५० |
| सिद्धार्थ बैंक | ६.५० | ६.५० |
| स्टान्डर्ड चार्टर्ड बैंक | ७.०० | ७.०० |
| माछापुच्छ्रे बैंक | ७.०० | ७.०० |
| प्रभु बैंक | ६.१० | ६.१० |
| एनएमबी बैंक | ७.४१ | ६.५० |
| एनआईसी एसिया बैंक | ७.४१ | ७.१८ |
| एभरेष्ट बैंक | ६.१० | ६.०० |
| हिमालयन बैंक | ७.०० | ७.०० |
सम्बन्धित समाचार
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

