मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस किन हटाए ?
काठमाडौँ । एलोन मस्कले एक्समा पोष्ट गरेको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बारेको स्ट्याटस हटाएको विषय विवादित बनेको छ । मस्कले आफ्नो एक पोष्टमा राष्ट्रपति बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए । तर, पछि मस्कले आफ्नो सो पोष्ट हटाउदै यो मजाक मात्र भएको बताएका थिए ।
अमेरिकी गुप्तचर सेवाले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा एलोन मस्कको पोष्टबारे आफूलाई जानकारी रहेको बताएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको खबरपछि मस्कले आइतबार यो पोष्ट गरेका थिए । मस्क ट्रम्पका कट्टर समर्थक हुन् र ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको चुनाव जितेमा उनलाई ट्रम्पले सरकारी दक्षता आयोगको जिम्मेवारी सुम्पिने आश्वासन दिएका छन् ।
मस्कको पोष्ट बारे प्रयोगकर्ताहरूले आलोचना पनि गरेका छन् । यसबाहेक, ह्वाइट हाउसले मस्कको पोस्टको बारे टिप्पणी गर्दै यस्तो बयान दिनु गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


