काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना हुँदै
काठमाडौं । काठमाडौं स्पाइकर्सले आसन्न “वात्सल्य एभरेस्ट महिला भलिबल लिग” अन्तर्गत आफ्नो टोलीको आगामी सिजनका लागि नयाँ प्रतिभाशाली खेलाडीहरूको छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्दैछ। यो कार्यक्रम भदौ ५, २०८१ गतेका दिन काठमाडौंको कभर्ड हलमा हुनेछ।
उक्त समारोह बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत (सीओओ) सुदिक्षा अधिकारीको विशेष पहलमा यस कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ । अधिकारीका अनुसार, “हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो।”
काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको बताइएको छ। यस कार्यक्रमले युवा तथा उत्साही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
