Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, छलफलका लागि विभागले बोलायो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, आश्विन, १५
दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, छलफलका लागि विभागले बोलायो

काठमाडौं । व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षात्का कारण सडकहरु बन्द भएको र अवरुद्ध सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि टिकट बन्द गर्न लागेको हो । सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको महासंघले जनाएको छ ।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेकोमहासंघको भनाई छ। महासंघले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको जनाएको छ ।

अग्रिम टिकट बन्द हुन लागेपछि छलफलका लागि यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ।

Top Changing Nepal

युट्युब सट्स