सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेंगको फ्ल्यागशिप शोरूमको उद्घाटन गर्दै जी६ इलेक्ट्रिक एसयूभीको सफलतापूर्वक लञ्च गरेको छ
काठमाडौँ । अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन गरेको छ। कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको सम्मानजनक उपस्थिति रहेको थियो।
एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गू ले उद्घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत गरे। चौधरी ग्रुपका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरे।

यो फ्ल्यागशिप शोरूमको उद्घाटन र जी ६ “अल्ट्रा स्मार्ट कूप एसयूवी” मोडलको लञ्च सँगै एक्सपेंगले “लिडिग द फिउचर अफ एआइ मोविलिटी” ब्रान्ड भिजन राखेको छ। एक्सपिगँले अत्याधुनिक एआइ – संयुक्त गाडीहरू विश्वभरि ल्याइसकेको छ र यो अब ३० भन्दा बढी देशहरूमा उपस्थित भइसकेको छ। यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी “फोल्क्सवागन ग्रुप“ ले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ। यसै उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चराणका ग्राहकहरूलाई २५ वटा जी६ गाडीहरू हस्तान्तरण पनि गरेको छ।

जी६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण इ एनक्यापमा ५ स्टार रेटिंग प्राप्त छ। यसका साथै एक्सपेंग जी६ मा स्वचालित ड्राइभिङ प्रविधि, एस इ पि ए २.०, ओ टि ए अपडेट, एक्स ओ एस अपरेटिङ सिस्टम, र ८०० भि सुपर(फास्ट चार्जिङ प्रणाली समावेश छ।यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ। थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०:५० लोड रेशियो, एल्युमिनियम डाई-कास्ट बनावट्, र ९-डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउँछ।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

