थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुदै ३३ रन मात्र बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै नेपालले साना प्रविनको अर्धशतकको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । प्रतियोगितामा यो जितपछि नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ र अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै थाइल्याण्डले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ र अंकतालिकामा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
