महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले एकल अंकको ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले एकल अंकको ८.९९ प्रतिशतमा नै हरित घर कर्जा प्रदान गर्ने भएको हो । न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । बैकका अनुसार दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम यस्तो कर्जा प्रदान गर्न लागेको छ ।
जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जानकारी गराएको छ ।
यसैगरी बैकले यस्तो कर्जालाई वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर–गरिएका घर खरिद, घर निर्माण, अर्पाटमेन्ट खरिद, घर थप–पुर्ननिर्माण–मर्मत सम्भार गर्न कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
