एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ ।
आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिन बाध्य भएको हो ।
पोखराका लागि नारायण जोशीले मा सर्वाधिक ३० रन जोडे पनि सो खेलमा मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्था भोग्नु परयो ।
कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्यमा बाहिरए पछि सो खेलमा दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट हुनु परेको थियो ।
उता, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिन सफल भएका थिए ।
टस हारेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य दिएको थियो ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

