Jankari Kendra
१३ कार्तिक २०८३, बिहीबार

कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १९
कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । आज भएको पहिलो खेलमा कर्णालीले काठमाडौंलाइ १५० रनको लक्ष्य दिएको हो ।

अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय क्रीकेटर शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रनको लक्ष्य पाएको हो । आजको खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भएका छन् ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

यसअघिका पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको प्रयासमा जुटेका छन । कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित हुदाँ पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेटले पराजित भएर आज मैदानमा उत्रेका हुन ।

Top Changing Nepal

युट्युब सट्स